बुढानिलकण्ठ नगरपालिकाको नयाँ घर निर्माण तथा नक्सा पास दस्तुर

बुढानिलकण्ठ नगरपालिकाको नयाँ घर निर्माण तथा नक्सा  पास दस्तुर

कपन अनलाइन 

काठमाडौ,पौष ८

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले पारित गरेको नयाँ घर निर्माण तथा नक्सा  पास दस्तुर निम्नानुसार रहेको छ ।

  • नक्सा  पास दरखास्त फारम –रु १०००
  • प्राविधिक छेक जांच र इन्जिनियर,सव इन्जिनियर नगरपालिका बाट खटाउदा- रु २०००
  • नक्सा  संसोधन प्रति बर्ग फिट –रु १२
  • प्रतिलिपि नक्सा  र प्रमाण पत्र सेट –रु १०००
  • नक्सा  पास दस्तुर आवासीय –रु १२ /प्रति बर्ग फिट
  • नक्सा  पास दस्तुर व्यवसायिक –रु १५ /प्रति बर्ग फिट
  • संयुक्त आवास निवेदन प्रति रोपनी -१००००
  • संयुक्त आवास नक्सा  पास दस्तुर –रु १५ /प्रति बर्ग फिट
  • संयुक्त आवास प्राविधिक छेक जांच –रु २००००
  • नक्सा नियमित –रु १३ /प्रति बर्ग फिट
  • पक्कि इट्टा गारो ,जस्ता टायल छानो प्रति घर –रु १५००
  • माटो जोडाइ जस्ता काठ वा बाँस बाट निर्मित घर व्यक्तिगत –रु २ /प्रति बर्ग फिट
  • व्यवसायिक टहरा निर्माण –रु ५ /प्रति बर्ग फिट
  • ३ पुस्ते भित्र नक्सा नामसारी गर्दा –रु २०००
  • पर्खाल निर्माण गर्दा स्वीकृत प्रति रनिंग फिट –रु १

पुनश्च :नेपाल सरकार बाट ३ लाख अनुदान प्राप्त गरि सोहो भित्र निर्माण भएका घरहरुको कुनै शुल्क लाग्ने छैन  ।

नेपाल सरकार बाट ३ लाख अनुदान प्राप्त गरि सो मा व्यक्तिगत रकम थपेर निर्माण हुने घर हरुमा नगरपालिका को नियम अनुसार नक्सा पासमा लाग्ने शुल्कमा ५० प्रतिसत छुट प्रदान गरिनेछ

तपाइँको प्रतिक्रिया ।