यस्तो छ बुढानिलकण्ठ नगरपालिकाको घर जग्गा मुल्यांङन दर
कपन अनलाइन
काठमाडौ,पौष ७।
बुढानिलकण्ठ नगरपालिकामा रहेका घर तथा जग्गाको मुल्यांङन दर निम्नानुसार कायम गरिएको छ ।नेपालको संविधानको धारा २२८ को उपधारा २ बमोजिम बुढानिलकण्ठ नगर सभाले बनाएको ऐनमा रहेर यी दस्तुर कायम गरिएका छन।
घरको मुल्यांकन दस्तुर
१.भित्र काँचो बाहिर पाको इट्टा मा माटोको जोडाइ बह्येको वा काठै काठ बाट बनेको र जस्ता ,झिग टि ,टायल छाना भएको घर –रु ६०० /प्रति बर्ग फुट
२. भित्र बाहिर प्लास्टर गरि छाना ढलान वा आर सिसि गरिएको वा जस्ता ,टायल ,झी ग टि छाना भएको –रु ७५० /प्रति बर्ग फुट
३. भित्र बाहिर पाको इट्टा वा ढुंगामा सिमेन्ट प्लास्टर गरि छाना ढलान गरिएको –रु १७५०/प्रति बर्ग फुट
४. आर सिसि संरचनमा लिफ्ट वा यस्क्लेटर जडान भएको घर – रु १८००/प्रति बर्ग फुट
५. स्टिल फ्रेम संरचना ,फाइवर भएको –रु १८०० /प्रति बर्ग फुट
जग्गाको मुल्यांकन दर
- गोरेटो बाटो भएको -१ लाख /प्रति आना
- कची /ग्राभेल सडक भएको -३ लाख /प्रति आना
- भित्रि सहयक पिच सडक -४ लाख /प्रति आना
- मूल पिच सडक -८ लाख/ प्रति आना
तपाइँको प्रतिक्रिया ।