संकट समाधानका लागि क्याटलोनियामा मतदान

संकट समाधानका लागि क्याटलोनियामा मतदान

कपन अनलाइन 

स्पेन ,पौष ७।

स्पेनमा देखिएको संकट समाधानका लागि सहयोगी हुने अपेक्षा गरिएको निर्वाचनमा बिहिबार क्याटलोनियाका जनताले मतदान गरेका छन् ।

क्यटलोनियाका यसअघिका नेताहरुले छुट्टै देशको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर खराब राजनीतिक अवस्थाको अन्त्यका लागि बिहीबार निर्वाचन गराएको हो ।

छुट्टै स्वतन्त्र राज्यको घोषणा गरेका नेताहरुलाई सरकारले राज्य द्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा मुद्धा लगाएको छ भने केही नेताहरु सुरक्षाको कारण देखाउँदै बेल्जियममा बसेका छन् ।

अहिलेको निर्वाचनमा स्वतन्त्रता पक्षधर र स्वतन्त्रताको विपक्षधर गरी दुवै पक्षका उम्मेदवारहरु प्रतिश्पर्धामा उत्रिएका थिए ।

स्वतन्त्रता पक्षधरले यसअघि सन् २०१५ मा भएको निर्वाचनमा झै सुविधाजनक बहुमत ल्याउलान् की नल्याउलान भन्ने उच्च प्रतिक्षा गरिएको छ ।

यो निर्वाचनलाई क्याटलोनियाको स्वतन्त्रता आवश्यक छ की छैन भन्ने जनमत जाँच्ने अवसरको रुपमा पनि लिइएको छ ।

तपाइँको प्रतिक्रिया ।