बुढानिलकण्ठ नगरपालिकाका खोला वा खोल्सा वरपर भौतिक निर्माणका लागि मापदण्ड

कपन अनलाइन 

काठमाडौ,पौष ७ ।

बुढानिलकण्ठ नगरपालिका भित्र रहेका खोला र खोल्साहरुको वरपर कुनै भौतिक निर्माण गर्नका निम्नानुसारको मापदण्ड कायम गरिएको छ  ।

  • खोला किनारमा निर्माण गर्ने सम्बन्धमा नापीको नक्सा बाट कायम रहेको छेउ बाट दाया बाया विष्णुमती खोलामा २० मिटर छोडी विकास तथा निर्माण गर्नु पर्नेछ ।
  • चुनिखेल खण्डको च्याने खोला मा ६ मिटर चौडाई कायम गरि दाँया बाँया ८ मिटरमा बाटो तथा अन्य भौतिक निर्माण गरिनेछ ।
  • धोवी खोलाको हकमा आयोजना भएको स्थानमा प्रोजेक्टको प्लानिंग अनुसार ,प्लानिंग बाहेकको स्थानमा खोलाको ९ मिटर चौडाई कायम गरि दाँया बाँया को ९ मिटर मा बाटो तथा अन्य भौतिक संरचना निर्माण गरिनेछ ।
  • लुडी खोला ४ मिटर चौडाई कायम गरि दाँया बाँया ८ मिटर बाटो वा अन्य भौतिक संरचना निर्माण गरिनेछ ।
  • च्यासिन डोल खोल्सा ,धापासी सिमानाको खोलामा ४ मिटर चौडाई कायम गरि ,दाँया बाँया मा ६ मिटर बाटो वा अन्य भौतिक संरचना निर्माण गरिने छ ।
  • रुद्रमती माथिल्लो भाग ४ मिटर खोला चौडाई कायम गरि ,दाँया बाँया ६ मिटर बाटो वा अन्य भौतिक संरचना निर्माण गरिने छ ।
  • यज्ञमति खोलाको ६ मिटर चौडाई कायम गरि दाँया बाँया ८ मिटर बाटो वा अन्य भौतिक संरचना निर्माण गरिनेछ ।
  • राजकुलो २ मिटर चौडाई कायम गरि दाँया बाँया ६ मिटर बाटो वा अन्य भौतिक संरचना निर्माण गरिनेछ ।
  • चपली देखि धोवीखोला जोड्ने च्याने खोला मा ३ मिटर चौडाई कायम गरि दाँया बाँया ६ मिटर बाटो र अन्य भौतिक संरचना निर्माण गरिनेछ ।
  • नगरपालिकाका अन्य क्षेत्रमा रहेका राज कुलो र खोल्सामा न्युनतम २ मिटर चौडाई कायम गरि दाँया बाँया ४ मिटर बाटो वा अन्य भौतिक संरचना निर्माण गरिनेछ ।
  • नगरपालिका भित्रका अन्य सबै कुलो र खोलामा राखेको ढल निकाल्न लगाई नक्सा बमोजिम खोलाको सिमाना कायम गरि न्युनतम २ मिटर चौडाई राखी ४ मिटर दाँया बाँया बाटो निर्माण गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।