फिल्म ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक

फिल्म ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक
कपन अनलाइन
काठमाडौं,पौष ६ । माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको सौगात मल्ल स्टारर फिल्म ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, अवरोधको कथा देखाइएको छ । ट्रेलरमा नायक सौगात र विपिन कार्कीको विल्कुलै फरक अवतार देख्न सकिन्छ ।
सौगातले आफ्नो घाँटीमा भ्यान्टाको माला लगाएका छन् । ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपूर्जा’मा सौगात र विपिनका अलावा मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु पनि अभिनय छ ।
फिल्ममा दुई दाजुभाइको लालपूर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाइएको छ । मिस्टिक ड्रामा भनिएको ‘लालपूर्जा’मा लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि विशेष भूमिकामा देखिँदैछन् । सुजित बिडारीले पटकथा लेखेको यो फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ ।

https://youtu.be/9D3aF5n1ajo

तपाइँको प्रतिक्रिया ।