टेलिकमको ल्यायो ‘विन्टर अफर’ आकर्षक डाटा र एसएमएस प्याक

टेलिकमको ल्यायो ‘विन्टर अफर’ आकर्षक डाटा र एसएमएस प्याक

कपन अनलाइन

काठमाडौं, ६ पुस । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘विन्टर अफर’ ल्याएको छ । जाडो मौसमका लागि सार्वजनिक गरेको उक्त अफर पुस ७ देखि माघ २१ सम्म गरी ६ हप्ता कायम रहनेछ । यो अफर अन्तर्गत टेलिकमले फरक फरक डाटा प्याक र बोनसको रुपा डाटा स्ट्रिमिङ प्याक ल्याएको छ । युट्युब र वाउटाइम एप्समार्फत टिभी र भिडियो हेर्न ल्याइएको डाटा स्ट्रिमिङ प्याक मल्टिमिडिया प्रयोगकर्ता लाभान्वित हुनेछन् ।

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिने विन्टर अल टाइम डाटा प्याक खरिद गरेपछि १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाइन्छ । यसमा २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा दिइएको छ । यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उक्त अफरमा ग्राहकले पाउने टेलिकमले जनाएको छ ।

यस्तैगरी १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

WIN25MB, WIN150MB वा WIN500MB लेखेर १४१५ मा एसएमएस गरेर यो प्याक लिन सकिने टेलिकमले जनाएको छ ।

नाइट डाटा प्याक

जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलका प्रयोगकर्ताले नाइट डाटा प्याक प्रयोग गर्न सक्छन् । बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्मको समयको लागि लक्षित यो प्याकअन्तर्गत बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिन्छ ।

यो डाटा प्याकमा १२ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यसरी नै ६० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध छ । १२० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध छ ।
WN120MB, WN700MB वा WN1600MB लेखेर १४१५ मा एसएमएस गरी यो प्याक सूचारु गर्न सकिन्छ ।

एसएमएस प्याक

यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत टेलिकमले उपलब्ध गराएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ ।

SMS100 लेखेर १४१५ मा एसएमएस गरी यो प्याक सुचारु गर्न सकिन्छ ।

फेसबुक/इन्स्टाग्राम प्याक

टेलिकमले आफ्ना प्रयोगकर्ताहरुको लागि सार्वजनिक गरेको विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याकमा १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा प्रयोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा प्रयोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यसरी नै ६० रुपैयाँमा १४ दिनसम्म २४सै घण्टा प्रयोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्टि्रमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

WF50MB, WF275MB वा WF600MB लेखेर १४१५ मा एसएमएस गरी यो प्याक सुचारु गर्न सकिने टेलिकमले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।