सुनिल थापाको ‘शेरबहादुर’ ट्रेलर सार्वजनिक

सुनिल थापाको ‘शेरबहादुर’ ट्रेलर सार्वजनिक
कपन अनलाइन
काठमाडौं,पौष ६ । माघ १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् । ‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्ममा प्रमोद क्षेत्रीको कथा छ ।
गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । फिल्ममा सुनिल थापाले शेरबहादुरको भूमिका निर्वाहा गरेका छन् ।
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आfiधारित थ्रिलर जनराको फिल्म हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह(निर्देशन रहेको फिल्मका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।

तपाइँको प्रतिक्रिया ।