कहिले निर्माण सम्पन्न होला सुवर्ण शमशेर क्रिकेट रंगशाला ?

कहिले निर्माण सम्पन्न होला सुवर्ण शमशेर क्रिकेट रंगशाला ?

कपन अनलाइन

काठमाडौ,पौष ३ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा रहेको सुवर्ण शमशेर क्रिकेट रंगशालको निर्माण कार्य अहिले रोकिएको छ ।२०७० शाल माघ १० गते नेपाल सरकार बाट भोग चलन अधिकार प्राप्त गरे पश्चात सुवर्ण शमशेर क्रिकेट मैदान निर्माण समितिले निर्माण कार्य अगाडी बढाएको थियो।

बुढानिलकण्ठ नगरपालिकाको महत्वपूर्ण खेलकुद पूर्वाधारको रुपमा रहेको यो रंगशालामा हाल सम्म आर सि सि  रिटेनिंग पर्खाल लगाएर माटो भरिएको छ।

२०७० शालमा सुरु गरिएको यस योजनालाई शान्ती मन्त्रालय ,खेलकुद मन्त्रालय र सांसद विकास कोष बाट सहयोग प्राप्त भएको निर्माण समितिका अध्यक्ष धुर्व खड्काले बताए । अहिले सम्म पूर्वाधार निर्माणमा जन श्रमदान बाहेक करिव २ करोड ५० लाख जति खर्च भएको उनले बताएका छन ।

यति महत्वको आयोजना निर्माणमा कसरी ढिलाई भयो भन्ने कपन अनलाइनको प्रश्नमा खड्काले महा भूकम्प र अन्य केहि प्राविधिक कारणले ढिला भएको बताए । रंगशाला निर्माणमा नगरपालिका सकारात्मक रहेकोले चाडै निर्माण कार्यले गति लिने उनले बताए ।

यो रगशाला कहिले सम्म निर्माण सम्पन्न होला भन्ने अर्को प्रश्नमा खड्काले ३ वर्षमा पुरा गर्ने उदेश्य राखेको तर  माथिका कारणले गर्दा नसकिएकोले अझै केहि वर्ष लाग्ने बताए ।

यस रंगशालाको प्रारम्भिक लागत अनुमान प्याराफिट सहित ३५ करोड छ भने प्याराफिट  बिना ७ करोड रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।