कपनमा चोरीका घटना बढे, साना उमेरका चोरहरु सक्रिय

कपनमा चोरीका घटना बढे, साना उमेरका चोरहरु सक्रिय

DSC_0670कपन अनलाइनठूलो बस्ति र सानो सुरक्षा संजाल भएको कपनमा केही दिनयता चोरीका शृंखलाबद्ध घटनाहरु सार्वजनिक भएका छन् । विशेषगरेर वडा नंं. १,२ र ३ मा यस्ता चोरी घटनाहरु देखिन थालेका छन् । प्रायः पैसा, मोवाइल, क्यामरा, ल्यापटप र गहना चोरी भएका घटनाहरु उजुरी कपन प्रहरी प्रभागमा आएको सहायक निरिक्षक शरद् भट्टराइले कपन अनलाइनलाई बताए ।

 

वर्षा महिना लागेपछि सुरु भएको यस्तो चोरीको घटनामा प्रायः कम उमेरका केटाहरुको संलग्नता देखिएको छ । पछिल्लो समय कपनको वडा नं. २ र १ मा भएको २ वटा घटनामा १३–१४ वर्षका बालकहरु समातिएपछि चोर समाउन मुस्किल परेको शरद् भट्टराई भने । २ दिन अघिमात्र वडा नं. २ मा ३–४ घर चोरी गरेर आएकोे अन्दजि १४ वर्षको बालकले वडा नं. १ मा चोरी गर्न खोज्दा स्थानीयले समातेका थिए ।

 

यस्ता उमेरका बालकहरु चोर हुन्छन् भनेर कुनै घरधनीले पत्याउन पनि सक्दैन, उनले भने । यो उमेरका बालकहरुलाई कानुनी कारबाहीसम्म गर्न नसकिने बताउँदै सइ शरद् भट्टराईे पत्याउनै नसकिने युवती पनि चोरीमा संलग्न भएको बताए । कपन प्रहरी प्रभागले चोरीको घटना न्यून होस् भनेर प्रहरी गस्ति बढाइरहेको पनि उनले बताए । तर चोरीलाई न्यून गर्न प्रहरी शतर्कतासँगै आम जनसमुदाय नै यसबारेमा सचेत हुन जरुरी छ, उनले थपे ।

तपाइँको प्रतिक्रिया ।