को हुन् ईश्वर पोखरेल ? (सनिवार व्यक्ति विशेष )
कपन अनलाइन
काठमाडौ,पौष १ ।
ओखलढुंगा जिल्लाको तत्कालिन माम्खा गाविसमा पिता शिव कुमार पोखरेल र माता राम कुमारी पोखरेलका ८ मध्ये कान्छो सन्तानको रुपमा २०१० शाल माघ २२ गते जन्मिएका पोखरेल नेकपा माले र मार्क्सवादीको एकीकरण पछी बनेको नेकपा एमालेका पनि संस्थापक नेता हुन ।
२०२५ शाल बाट राजनीतिक आन्दोलनमा सहभागी भै २०३२ शाल देखि भूमिगत राजनीति सुरु गरेका पोखरेलले २०२७ शालमा रु ५ तिरी पार्टीको सदस्यता प्राप्त गरेका थिए ।त्यस समय पोखरेल नेपाल कम्युनिस्ट पार्टी (पूर्वी कोशी प्रान्तीय कमिटि ) को सदस्य बनिसकेका थिए ।२०२६ शालमा भारतले गरेको नाकावन्दीको विरोध गर्दा उनि १ महिना हिरासतमा समेत परेका थिए ।
२०२७ शालमा प्रवेशिका परिक्षामा सफल भएका पोखरेल प्रविणता प्रमाण पत्र तह र स्नातक तहमा अध्ययनरत समयमा पनि विद्यार्थी आन्दोलनमा सक्रिय रहेका थिए । उनि २०३३ शाल असोज ७ गते अखिल नेपाल क्रान्तिकारी को अर्डिनेसन केन्द्र (माले ) को केन्द्रिय सदस्य बनेका थिए ।
तत्कालिन नेकपा मालेका संस्थापक सदस्य रहेका पोखरेल नेकपा एमालेको ८ औ र ९ औ महाधिवेशनमा नेकपा एमालेको महासचिव पदमा निर्वाचित भएका थिए । हाल नेकपा एमालेको केन्द्रिय सचिवालयका प्रमुख रहेका उनि भूमिगत काल देखि नै विभिन्न जिल्ला र कार्य क्षेत्रमा सक्रियता पुर्वक निरन्तर क्रियाशील बन्दै आएका छन ।
२०५१ शालमा बनेको नेकपा एमालेको सरकारमा तत्कालिन प्रधान मन्त्रि मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेलले अधिकारीको निधन पश्चात भएको उप चुनावमा काठमाडौं जिल्लाको तत्कालिन क्षेत्र नं ३ बाट सांसद बनेका थिए ।तत्कालिन रास्ट्रिय सभाको सदस्य समेत बनेका पोखरेल पटक पटक मन्त्रि पनि बनेका थिए ।
शिक्षा र साहित्यमा त्रिभुवन विश्व विद्यालय बाट स्नातक गरेका पोखरेलले माघ १९ नामक पुस्तकको लेखन गरेका छन भने विस्वका विभिन्न देशमा भएका विकास र राजनीति सम्बन्धि कार्यक्रममा सहभागिता समेत जनाएका छन ।
२०७४ शालको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ मा फराकिलो मत अन्तरले विजयी पोखरेल पार्टी एकता संयोजन समितिका सदस्य समेत हुन्।