निर्वाचनको दिन १०० भन्दा बढी सवारी साधन कपन प्रहरी प्रभागको नियन्त्रणमा

कपन अनलाइन

काठमाडौँ,मंगसिर २२ ।

मंगसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिनमा  सवारी चलाउनका लागि विशेष पासको व्यवस्था गरेको थियो । कपन प्रहरी प्रभागले  निर्वाचन आयोग बाट वितरण गरिएको सवारी चलाउने पास नभएका करीब  १०० भन्दा बढी  मोटरसाइकललाइ नियन्त्रणमा लिएको थियो । सवारी साधानको साँचो  नियन्त्रणमा लिइ निर्वाचन सम्पन्न भए पश्चात सांझ ७ बजे पछि सवारी धनीलाई उक्त सवारी साधनको साँचो फिर्ता दिएको थियो ।

निर्वाचनको क्रममा कुनै पनि अप्रिय घटना नभएको र शान्ति सुरक्षा कायम गर्न सफल भएको कुरा कपन प्रहरी प्रभाग ले कपन अनलाइन लाइ बताएको छ ।

तपाइँको प्रतिक्रिया ।