काठमाडौं क्षेत्र नं ४ का उम्मेदवारहरुको निर्वाचन अभियानको अन्तिम बिन्दु बुनपा १२

काठमाडौं क्षेत्र नं ४ का उम्मेदवारहरुको निर्वाचन अभियानको अन्तिम बिन्दु  बुनपा १२

कपन अनलाइन 

काठमाडौ,मंगसिर २२ ।

काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराई र गगन थापाले आफ्नो चुनावी अभियानको अन्त्य बुढानिलकण्ठ १२ को वुशु क्वान बाट गरेका छन ।

मंगसिर २१ गते करिव ४.४५ बजे गगन थापा वुशु क्वान बुथमा आएका थिए भने सोहि स्थानमा डा. राजन भट्टराई करिव ५ बजे आएका थिए । निकै आक्रामक प्रचार मा उत्रिएका दुवै उम्मेदवारहरु को राजनीतिक भविस्यको  फैसला ब्यालेट बाकसमा बन्द भएको छ ।

उनीहरुका विचमा निर्वाचन दौडमा निकै आरोप प्रत्यारोप ,लान्छना र खण्डन भए जुन यी उम्मेदवार विच प्रत्यक्ष देखिएन तर पनि त्यसले मतदाता हरुको मनोविज्ञानमा भने असर पारेको देखिन्छ जसले गर्दा यस क्षेत्रमा करिव १८४५७ मतदाता मत हाल्न आएनन ।

यहि अनुपस्थित संख्याले परिणाममा निकै ठुलो असर पर्ने धेरैको अनुमान छ ।

 

तपाइँको प्रतिक्रिया ।