धुर्व भट्टराई कसरी बने “भाइरल मामा ” ?

धुर्व भट्टराई कसरी बने “भाइरल मामा ” ?

कपन अनलाइन

काठमाडौं ,मंगसिर २२।

निर्वाचनको अगिल्लो दिन मंगसिर २० गते राती काठमाडौं क्षेत्र नं ४ को कपन क्षेत्रको माहोल निकै तातेको थियो । त्यस दिन यहाँ विशेष रुपमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरु गस्ती गर्न भन्दै सडकमा ओर्लेका थिए ।त्यो गस्तीको प्रभावकारिता खासै नभए पनि उनीहरु एक अर्काको निगरानी गर्ने  कार्यमा निकै ब्यत देखिन्थे ।

यसै विच रातको करिव ११ बजे नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा एमालेका स्थानीय नेता धुर्व भट्टराईलाई समातेर प्रहरी कार्यालयमा बुझाएको खवर एक अनलाइनमा आयो ।त्यस समाचार पश्चात त्यहाको माहोल झन उत्तेजक बन्यो । नेपाली कांग्रेसका कार्यकर्ता हरुले   भट्टराई पैसा बाड्ने काममा लागेको आरोप लगाएका थिए भने नेकपा एमालेका कार्यकर्ताहरुले त्यसको विरोध गरेका थिए ।

प्रहरी कार्यालयमा यो बहस चली रहदा बाहिर भने भट्टराईको फोटो र समाचार निकै भाइरल बनि सकेको थियो । उनको चर्चा हरेक  स्थानमा हुन् थालिसकेको थियो ।  उनको बा १२ च ९५७१ नम्बरको रातो कार र त्यस भित्र रहेका भट्टराई त्यो करिव १ घण्टाको समयमा निकै चर्चामा आइसकेका  थिए ।

प्रहरी कार्यालयमा केहि समयको बहस पछी उनलाई कार सहित छोडियो तर चर्चा भने निर्वाचनको दिन सम्म चली रहयो । यस विषयमा भट्टराई संग बुझ्दा उनले आफु संग त्यस दिन हजार पनि हैन केहि सय मात्र पैसा रहेको बताए ।उनका अनुसार त्यस रात उनि आफ्नो सवारी साधनमा गस्ती भएका स्थानको निरीक्षण गर्न निस्केका थिए।

यस प्रसंगमा सोहि स्थान र प्रसंगमा उपस्थित एक कांग्रेस कार्यकर्ताले समेत खास त्यस्तो घटना नभएको बताए । उनलाई अगिल्ला केहि दिन देखि निगरानी गरेको समेत उनले बताए । उनका अनुसार

नेकपा एमालेका युवाहरुले प्राय जसो मामा भनेर सम्बोधन गरिने भट्टराईलाई यो प्रसंगले  यति चर्चित र भाइरल बनायो कि उनको नाम धुर्व भट्टराई बाट” भाइरल मामा “मा परिणत भएको एक एमाले नेताले बताए ।

तपाइँको प्रतिक्रिया ।