संसारकै सबैभन्दा बढी तौल भएकी एमान अहमदको निधन

संसारकै सबैभन्दा बढी तौल भएकी एमान अहमदको निधन

कपन अनलाइन

अबुधावी,मंगसिर १९ ।

संसारकै सबैभन्दा बढी तौल भएकी चर्चित महिला एमान अहमदको निधन भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ । उनि लामो समय देखि उच्च रतचाप र मधुमेहको रोगि भएको बताइएको छ ।

एमानको उपचार २० जना चिकित्सकहरूको टोलीले गरिरहेको थियो । एमानको तौल ५ सय किलोग्राम थियो । उनी केही समयअघि शल्यक्रिया गरेर तौल घटाउन भारत आएकी थिइन् । एमान मिश्रकी नागरिक हुन् । यसै वर्षको जनवरीमा उनी आफ्नो तौल कम गराउन भारत आएकी थिइन् । एमानको मुम्बईको सेफी अस्पतालमा उपचार भएको थियो । भारतीय डाक्टरहरूले उनको सफल शल्यक्रिया गरेर तौल घटाएको दाबी गर्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया ।