सरकारी तलबभत्ता खाएर राजनीति गर्ने अधिकार कसैलाई छैन : निर्मल कुइँकेल

सरकारी तलबभत्ता खाएर राजनीति गर्ने अधिकार कसैलाई छैन : निर्मल कुइँकेल

कपन अनलाइन 

काठमाडौ,मंगसिर १६ /उत्तम अधिकारी

काठमाडौं क्षेत्र नम्बर ४ प्रदेस सभा १ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइँकेलले सरकारी तलबभत्ता खाएर राजनीति गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

बाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर ४ को बुद्दिजीवीहरुको भेलामा उम्मेदवार कुइँकेलले सो कुरा बताएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम बैधले पशुपति बिकाश कोष मार्फत घाटे बैद्यले प्राप्त गर्ने सेवा सुबिधा लिएर निर्वाचनमा उम्मेदवार बनेको समाचार प्रसंग निकाल्दै कुइँकेलले उक्त कुरा उल्लेख गरेका हुन् ।

केहिदिन अघि पत्रपत्रिकाले सरकारी तलबभत्ता बुझेर बैद्यले राजनीति गरेको भनि  समाचार सम्प्रेषण गरेका थिए । एमाले नेता कुइँकेलले  भने “हामी जनताका प्रतिनिधि बनेर निष्ठा र इमान्दारिताका साथ राजनीति गरिरहेका छौं तर आफुलाई लोकतन्त्रको मसिहा ठान्नेहरु सरकारी तलबभत्ता बुझेर हामीसंग जुधीरहेका छन् । नियम अनुसार निर्वाचन आयोगले सरकारी तलब खाएर उम्मेदवार बन्नेको उम्मेदवारी खारेज गर्छ तर यदि गरेन भनेपनि हामी प्रतिस्पर्धामै पछार्छौँ । जनता जागिसकेका छन्, जनताको शक्तिले उनीहरुलाई ठडिन दिने छैन ।”

चाहबिलको एवान पार्टी प्यालेसमा चलिरहेको बुद्दिजिबीहरुको भेलामा कुइँकेलले अब मुलुक राजनीतिक संघर्षको दिशाबाट मात्रै नभइ सम्वृद्धिको दिशाबाट अघि बढ्ने बताए । आफु नेकपा एमालेको मात्रै वा बाम गठबन्धनको मात्रै नभई क्षेत्र नम्वर ४ प्रदेश १ का समस्त  न्यायप्रेमी जनताको प्रतिनिधि भएको कुइँकेलले उल्लेख गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।