काठमाडौ ४ मा सामाजिक संजाल युद्ध प्रयास ,दुई नेताको व्यक्तित्व क्षयीकरणको गलत अभ्यास

काठमाडौ ४ मा सामाजिक संजाल युद्ध प्रयास ,दुई नेताको व्यक्तित्व क्षयीकरणको गलत अभ्यास

कपन अनलाइन 

काठमाडौ,मंगसिर १६/विचार /पुन्यराज पुडासैनी  

अहिले काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रमा नेपाली राजनीतिका निकै चर्चित पात्रहरु डा. राजन भट्टराई र गगन थापा उम्मेदवार बनेका छन ।मंगसिर २१ गते आउन केवल १ हप्ता बाँकी रहेको यस समयमा दुवै उम्मेदवारले आफ्नो प्रचार अभियानलाई तीव्रता दिएका छन।

निर्वाचन अभियानको दौरान प्रचार , भेटघाट र कार्यक्रम गर्नु एकदमै स्वभाविक हो ।अझ देसको चर्चित क्षेत्र जहाँ संचार क्षेत्र मैत्री उम्मेदवार छन त्यहाँ त् यसलाई अपेक्षित नै मान्न सकिन्छ।नेपालका संचार मध्यम र सामाजिक संजालमा आफ्नो दर्विलो उपस्थिति जनाउने दुई प्रभावशाली पात्रको चुनावी लडाईले पक्कै पनि यस क्षेत्रको माहोल तताएको छ ।

संसदीय राजनीतिमा पनि धेरै स्थान र प्रसंगमा सहकार्य गरेका यी दुई  युवालाई अहिले काठमाडौं क्षेत्र नं ४ का जनताले न्यानो स्वागत गरिरहेको उनीहरुको घर दैलो र कार्यक्रमहरु हेर्दा देखिन्छ ।अझ यस यहाँ उल्लेखनीय त् यहाका दुवै उम्मेदवारले एक अर्कालाई गर्ने सम्मान र व्यवहार रहेको छ ।आफ्नो रास्ट्रिय भूमिका ,व्यक्तित्वको वजन र जनभावना बुझेर  दुबैले एक अर्कालाई आफैले प्रत्यक्ष रुपमा कुनै गाली ,आरोप प्रत्यारोप र लान्छना लगाएका छैनन् ।

तर पछिल्ला केहि दिन देखि यस क्षेत्रका उम्मेदवारहरुका वारेमा उनीहरुको व्यक्तित्व क्षेयिकरण हुने गरि सामाजिक संजालमा उठेका विभिन्न प्रसंगले  यस क्षेत्रका मतदाता र वासिन्दा र मतदातालाई निरास बनाएको छ । यस प्रसंगमा केहि शिलशिलाहरु देखिए जसमा एउटा पार्टीले आरोप को शृंखला सुरु गर्ने अर्कोले जवाफ दिने फेरी अर्कोले आरोप लगाउने र अर्कोले जवाफ दिने चलन चलिरहेको छ ।

यसले कार्यले यसरी प्रचार गर्ने र गराउनेलाई त् केहि रोमान्चकता , जोश ,नेता भक्ति बोध त् भएको होला तर यसले अर्को पाटोमा भने निकै नकारात्मक असर पारिरहेको छ ।यो प्रसंगलाई यहाका स्थानीय मतदाता र जनता हरुले एकदमै नकारात्मक र जनमत बटुल्ने गलत अभ्यासको रुपमा लिएको यहाका जनताको अभिव्यक्ति बाट प्रस्ट खुल्छ ।

यस प्रसंगमा हामीले नेपाली कांग्रेस को तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन थापालाई जिज्ञाशा राख्दा उनले यसलाई स्वतन्त्रताको चरम दुरुपयोग भन्दो यस्ता कार्यले कसैको हित नहुने बताए ।

उनले यो सामाजिक संजालमा भएको गलत प्रचार अभ्यास भएको र यसमा पिडा दिने हासेर बस्ने तर पीडकले त्यसको खण्डन गर्दै हिड्नु पर्ने विडम्बना पूर्ण स्थिति बनेको भन्दै सहि विचार व्यक्त गर्न सृजना गरिएको मन्च लाई सोहि अनुरुप प्रयोग गर्न आग्रह गरेका छन ।थापाले स्वस्थ प्रतिस्पर्धा गर्न सबैलाई अनुरोध गर्दै सामाजिक संजालको बिस्वसनियता माथि प्रश्न उठ्ने यस्ता कार्य रोक्न सबैमा अपिल समेत गरेका छन ।

त्यस्तै बाम गत बन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभाका उम्मेदवार डा. राजन भट्टराईले यस प्रसंगमा आफ्नो चासो र चिन्ता दुवै रहेको भन्दै एक अर्काका सकारात्मक पक्ष को बलमा निर्वाचन लड्नु पर्ने बताएका छन ।

उनले यस्ता भ्रमपूर्ण प्रचारले उम्मेदवारको उचाई बढ्नुको सट्टा घट्ने भन्दै सामाजिक संजालको प्रयोग रचनात्मक कामका लागि प्रयोग हुनु पर्ने बताए ।काठमाडौं ४ का उम्मेदवारहरुको वारेमा दैनिक आउने आरोप प्रत्यारोप पूर्ण गलत समाचार र सामग्रीले क्षेत्रको गरिमालाई असर परेको भन्दै यस्ता कृयाकलाप सस्तो लोकप्रियताका लागि जसले गरे पनि त्यो उचित नभएको बताएका छन ।

नेपाली राजनीतिको खुड्किलामा उकालो यात्रा गरिरहेका युवा उम्मेदवारहरु संग सम्बन्धित यस्ता नकारात्मक प्रसंग र अभ्यासले पक्कै पनि अन्य स्थानको प्रचार अभ्यासलाई सकारात्मक नभई नकारात्मक प्रभाव पारिरहेको छ ।यो अभ्यासले पैसा, मेहनत र जनशक्तिको दुरुपयोग त् गरेको छ नै त्यो भन्दा पनि बढी यस क्षेत्रका सचेत जनताको मस्तिस्कमा   नकारात्मक तरंग पैदा गरेको छ । जसले गर्दा यस क्षेत्रमा  रहेका सम्भावना बोकेका उम्मेदवारहरुको व्यक्तित्वलाई उजिल्याउने नभै  खुइलाउने काम मात्रै गरेको छ ।

तपाइँको प्रतिक्रिया ।