रामेश्वर फुँयालका केहि योजनाहरु

रामेश्वर फुँयालका केहि योजनाहरु

कपन अनलाइन 

काठमाडौ,मंगसिर १६

काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र २ मा बाम गठबन्धनको तर्फ बाट उम्मेदवार रामेश्वर फुयाल अहिले घर दैलोको क्रममा रहेका छन ।उनले आफ्नो घर दैलोको क्रममा आफुले अगिल्लो पटक सांसद हुदा गरेका केहि विशेष काम हरुलाई उल्लेख गर्ने गरेका छन।

फुयालले आफ्ना नियमित विकास निर्माण संगै केहि फरक प्रकृतिका कामहरु आफ्नो सांसदको कार्यकालमा सुरु गरेका थिए ।जसमा स्थानीय स्तरको प्रवर्धनका लागि संचालन हुने जात्रा मुख्य रहेका छन ।यस्ता जात्राहरुले स्थानीय क्षेत्रको विकास गर्नुका साथै  स्थानीय बस्तु उपयोग र विकास हुने उनले बताए ।

आफुले सुरु गरेको तारेभिर महोत्सवले सो क्षेत्रलाई पर्यटन केन्द्र बनाउन निकै ठुलो सहयोग गरेको उनको बुझाई छ ।त्यस्तै कागेश्वारी महोत्सव ,मणिचुड महोत्सव जस्ता कार्यक्रमहरुले आफ्नो क्षेत्र तर्फ सबैलाई आकर्षित गरेको उनि बताउछन ।

यसका साथै स्थानीय हरुको सहभागिता विकास निर्माणमा जुटाउन उनले सुरु गरेको कवाड संकलन अभियान पनि चर्चामा रहेको थियो ।जनताको घरमा खेर जाने कवाडीका सामानहरु संकलन गरेर विभिन्न मुर्ति ,प्रतिमा स्तम्भ आदि बनाउने अभियान उनले सुरु गरेका थिए ।

खाली भौतिक विकास निर्माण ले मात्र क्षेत्रको विकास नहुने बताउने फुयालले आफ्नो सांसद विकास कोषको रकम बाट मनिवीय हित र स्वरोजगारका गतिविधि संचालन गरेको बताए ।

“गरौ बस्ती बस्तीमा सार्वजनिक जग्गा संरक्षण ,बनाउ हरियाली उधान कार्यक्रम ”संचालन गरि क्षेत्रलाई विशेष बनाउने योजना रहेको बताउने फुयाल ले शिवपुरी लाई जल भण्डार क्षेत्र बनाउने घोसणा आफ्नो प्रतिवादत्ता पत्र मार्फत सार्वजनिक गरेका छन ।

तपाइँको प्रतिक्रिया ।