कपन दलितको कार्यक्रममा प्रचण्ड आएनन् कार्यक्रम शुरु

DSC_1447-001कपन अनलाइन विविध विवादको घेरामा परेको छुवाछुतमुक्त कपन कार्यक्रमको मुख्य दिनमा प्रमुख अतिथिको रुपमा आउने भनिएका एमाओवादी अध्यक्ष प्रचण्ड नआएपछि कार्यक्रम कमजोर भएको छ ।

प्रचण्डको प्रतिनिधित्व गर्दै कृष्णबहादुर महरा प्रमुख अतिथिको आसन ग्रहण गरेका छन् । कार्यक्रममा आउने भनेर हल्ला चलाइएका राजेश हमाललगायतका कलाकार पनि आएका छैनन् । जातीय संघसंस्थाका प्रतिनिधिको रुपमा पनि अध्यक्ष कोही आएका छैनन् । मञ्चभरी एमाओवादी मध्यमस्तरीय कार्यर्ताको भीड देखिन्छ ।
यद्यपि उद्घोषकले अतिथिहरु अझै आउने बताइरहे छन् । यसअघि मूख्य आयोजक कपन दलित तथा गैरदलित क्लबले जबर्जस्ति एमाओवादी अध्यक्षलाई प्रमुख अतिथि बनाएपछि कपनका प्रमुख पार्टीहरु लगायत कपन दलित उत्थान समाज कार्यक्रमबाट बाहिरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।