कोमल वली सद्भावनामा प्रवेश गर्दै, रामचन्द्र झाले एमाओवादीलाई राजिनामा दिने

ramchandra[1]कपन अनलाइनचुनावको घोषणासँगै नेपाली राजनीतिमा पार्टी छाड्ने र प्रवेश गर्नेको लहर तीव्र छ । सिद्धान्तका लागि भन्दा पनि पदका लागि राजनीति गर्नेहरु भीडमा धेरै देखिन्छन् । पार्टी प्रवेश गरेपछि पद नपाएको झोकमा फेरि त्यो पार्टी पनि छाड्ने वा धम्काउने सिलसिलामा नेपाली राजनीतिमा यतिखेर धेरै छ । तामझामका साथ २ महिना अघि एमालेबाट एमाओवादी प्रवेश गरेका रामचन्द्र झा यतिखेर एमाओवादीबाट राजिनामा दिने मनस्थितिमा छन् । भनेजस्तो पद र जिम्मेवार नपाएको तथा प्रवेश पूर्व भएको सहमति कार्यान्वयन नभएको भन्दै उनले एमाओवादीबाट राजिनामा दिने मानसिकता बनाएका हुन् ।

 
तराई ठूला नेताका रुपमा चिनिने रामचन्द्र झा हालै एमाओवादीले गरेका पदाधिकारीको चयनप्रति असन्तुष्ट रहेका छन् । उनले नयाँ प्रवेश गर्नेहरुप्रति पार्टीमा राम्रो दृष्टिकोण नरहेको पनि बताएका छन् । उनले पार्टीको कुनै पनि तहमा नबसी राजनीतिबाट टाढा रहन चाहेको पनि बताए ।

 
the-pnpmedia-komaloli[1]त्यसैगरी बेलाबेलामा बिभिन्न कुराले चर्चामा आइरहने गायिका कोमल वली पनि सक्रिय राजनीतिमा लाग्ने तयारीमा छिन् । तर उनी मधेशको दल सद्भावनामा पार्टीमा प्रवेश गर्दैछिन् । राजेन्द्र महतोले नेतृत्व गरिरहेको सद्भावना पार्टीमा प्रवेश गर्न लागेका कोमल वलीलाई यसअघि राजावादी भनेर चिनिन्थ्यो ।

तपाइँको प्रतिक्रिया ।