व्यावसायिक प्रतिष्ठान सम्मानित

व्यावसायिक प्रतिष्ठान सम्मानित

कपन अनलाइन 

चितवन, ७ मंसिर । छैटाँै राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरले चितवन र नवलपरासीका अधिकतम आय कर तिर्ने एक÷एकवटा व्यावसायिक फर्मलाई आज सम्मान गरेको छ । कर सप्ताहको समापन समारोहमा भरतपुरमा रहेको नारायणी सामुदायिक अस्पताल र नवलपरासीको गैँडाकोटमा रहेको विजय लघुवित्त संस्थालाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कायलय भरतपुरका प्रमुख थानप्रसाद पंज्ञानी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम लगायतका अतिथिले सामुदायिक अस्पतालका उपाध्यक्ष चुणामणि खनाल र लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्साललाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । खनालको संस्था तेस्रो पटक सम्मानित भएको हो ।

नारायणी सामुदायिक अस्पताल चितवनका शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेका अनुभवी व्यवसायीले नेतृत्व गरेको संस्था हो भने विजय लघुवित्त गैँडाकोटको विजय विकास स्रोत केन्द्रले प्रवद्र्धन गरेको संस्था हो । सो अवसरमा कार्यालयमा उत्कृष्ट काम गरेको भन्दै नायब सुब्बा भुवन खतिवडालाई पनि सम्मान गरिएको थियो ।

यस कार्यालयले चितवन र नवलपुर क्षेत्र हेर्दै आएको छ । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालु आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । कात्तिक मसान्त सम्ममा रु ६ अर्ब ५८ करोड आठ लाख ३७ हजार राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत डिल्लीराम पौडेलले जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।