म मेरो क्षेत्रको मात्र हैन सिंगो रास्ट्रकै असल सिपाही बन्न चाहन्छु :दिपक निरौला

म मेरो क्षेत्रको मात्र हैन सिंगो रास्ट्रकै असल सिपाही बन्न चाहन्छु :दिपक निरौला

कपन अनलाइन 

काठमाडौ,मंगसिर ५ ।

यहि मंगसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ मा बाम गठवन्धनको तर्फ बाट उम्मेदवार दिपक निरौला संग कपन अनलाइन का विकल सापकोटाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : तपाइको पारिबारिक पृष्ठभुमि बताई दिनुहोस न ?

दिपक निरौला : मेरो जन्म २०३१ साल भाद्र ८ गते बुवा अम्बिका प्रसाद निरौला तारादेबी निरौलाको एकल सन्तानको रुपमा काठमाडौको बाँसबारीमा जन्मिएको हु। हाल म बुढानिलकण्ठ नगरपालिका वडा नं ७  गोल्फुटार स्पेसलमा बसोबास गर्छु। मेरो विद्यालयको सुरुको अध्यन देखि उच्च शिक्षा काठमाडौमा बसेर पुरा गरेको हो भने मेरो अधिकांस बाल्यकालदेखिको समय  काठमाडौँ महानगरपालिका ३ मा बिताएको छु । आफ्नो पिता बुढानिलकण्ठमा रहेको गणेश माबीको शिक्षक भएकोले  मैले पनि त्यहि पढेको हु।

कपन अनलाइन : तपाइको राजनीतिक पृष्ठभुमि बताइदिनुहोस न ?

दिपक निरौला : म बिद्यार्थी छदा खेरि देखि नै खास गरिकन एस एल सी ताका चाही जुद्दोदय पब्लिक हाइ स्कुलमा अध्ययन गरे र २०४६ सालको जआन्दोलन हुदा तत्कालिन अनेरास्ववियु ५ औ बाट केहि साथीहरु सम्पर्क गर्न आएका थिए ।मेरो  उहाहरुसंग सम्पर्कमा रहने स्थिति बन्यो।

मेरो पारिबारिक पृष्ठभुमि बामपन्थी आन्दोलन संग सम्बन्धित छ। मेरो बुवा बनारस बसेर पढ्नुभयो मदन भण्डारी पुष्पलालहरु संग उहाको सम्बन्ध थियो र उहा चाही तत्कालिन नेकपा माले संग नजिकमा रहनु भएको थियो। मेरो घर जहाँ म बस्थे ति घरहरुमा पनि पार्टीका शिर्ष नेताहरु तत्कालिन अवस्थाका पार्टीका नेताहरु आउने जाने गर्थे। यहि कारण गर्दा म चाही आन्दोलन तर्फ आकर्षित भएको थिए ।

कपन अनलाइन : आहिले यो बाम गठबन्धन र लोकतान्त्रिक  गठबन्धनको कुरा आइरहेको छ यो लोकतान्त्रिक गठबन्धन लाइ कसरि लिनु भएको छ ?

दिपक निरौला : आफ्नो बिचार मिल्ने समूहहरुको बिचको सम्बन्ध नजिक बनाउने  कुरो  आफैमा राम्रो कुरा हो। जसरि हाम्रो देशमा अहिले दलहरु निर्यायक ठाउमा पुग्नलाइ बाधक भनेको धेरै वटा दलहरु रहनु नै हो।  जुन चाहि नेपाली जनताको भाग्य भबिस्यको र यहाको बिकासको कुराकानीमा  बाधक रहेका थिए।

त्यस कारण ले यो गठबन्धनले देशलाई सकारात्मक मोड तर्फ लान्छ भन्ने हाम्रो निष्कर्ष हो र यसकै आधारमा कम्युनिस्ट पार्टीहरु बिचको को एकता अगाडी बढाइयो ।

कम्युनिस्ट  पार्टीहरुको एकता  देखेर प्रजातान्त्रिक शक्तिहरु चाहि एकताबद्ध भयौ भनेका छन् र जो प्रजातान्त्रिक भनिरहनु भएको छ उहाहरु संग म अलिकति सहमत छैन।

कम्युनिस्टहरु प्रजातान्त्रिक होइनन भनेर उहाहरुले व्यख्या गरिरहनु भएको छ यथार्थ ब्यबहारमा हेर्ने हो भने चाहि प्रजातन्त्रबादीहरु पनि कम्युनिस्टहरु नै हुन्।

हामीले बिगत लाइ फर्केर हेर्ने हो भने नेपाली काग्रेसले  बिश्वेश्वर प्रसाद कोइराला निधन पश्चात लामो समय सम्म नेपाली  आफ्नो अधिबेसन गर्न सकेन। कृष्ण प्रसाद भट्टराई कार्यबाहक  सभापति भएरनै लामो समय पार्टी चलाएका थिए।

तर नेपालका कम्न्युस्ट पार्टी खास गरि नेकपा माले तत्कालिन नेकपा माले जुन पार्टी संग म आवद्द थिए । पछिल्लो अवस्था सम्म  आइपुग्दा नेकपा एमाले भयो यसले नियमित रुपमा आफ्ना तल्ला इकाईहरु देखि माथिल्लो तहका अधिबेसनहरु २ देखि ५ वर्ष भित्र तोकिएको छ।सो  विधानमा  त्यो अवधिमा गर्ने गरेको छ त्यसकारणले गर्दाखेरी  पार्टी भित्र पनि प्रजातान्त्रिक अभ्यासलाइ अगाडी बढाईरहेका छन।

तर नेपाली काग्रेसमा  मनोनित गर्ने परम्परा छ आफ्नो अधिबेसन पनि समयानुकुल गर्न सकेका छैनन र केद्रीय सदस्यहरु त उनीहरुको सभापति बाहेक अन्य त सबै मनोनित गर्ने थियो ।

एमाले बाट नै सिकेर उनीहरुले केहि सदस्यहरु केन्द्रीय सदस्यहरु निर्वाचित हुने प्राबधान राख्दा पनि अहिले पनि बहुमत सभापतिको बहुमत पुग्ने गरिकन सभापतिलाई मनोनित अधिकार दिएको छ ।

जबकी कम्न्युस्ट पार्टीमा त्यो छैन  एमालेमा त्यो छैन ।त्यसकारणले ब्यबहारमा प्रजातन्त्रबादी चाहि नेकपा एमाले हौ।नाममा बाहिर हल्ला गर्ने खालकोमा चाहि नेपाली कांग्रेसले आफुलाई प्रजातन्त्रबादी भनिरहेको छ। त्यसैले यो  गठबन्धनलाइ प्रजातन्त्रबादी गठबन्धन भन्ने कुरामा म सहमत छैन।

कपन अनलाइन : आहिले उम्मेदवारी  दिइरहदा आफ्नो प्रतिष्पर्धीलाइ कसरी लिनु भएको छ ?

दिपक निरौला : सबै प्रतिष्पर्धीहरुलाइ मैले सम्मान गर्नु पर्छ उहाहरुसंग मित्रवत ब्यबहार मेरो पनि छ ।आज राजनीतिक आस्था विचार समाजलाई परिबर्तन गर्ने खालको उहाहरुको एउटा बाटो रोज्नु भएको छ मैले एउटा बाटो रोजेको छु।

मलाई लाग्छ उहाहरुले रोजेको बाटो नेपाली समाजलाइ परिवर्तन गर्नको लागि योग्य छैन उपयुक्त छैन। हामीले लिएको बाटो उपयुक्त छ भन्ने मेरो निष्कर्ष छ। म उहाहरु सबैलाई सम्मान र आदर गर्न चहान्छु प्रतिष्पर्धीहरुलाई संगै लिएर जाने हो तर यसको अर्थ बिजय चाहि मैले गर्ने हो ।

कपन अनलाइन : उम्मेदवारी दिइरहदा मतदाताहरुलाइ के कस्ता एजेन्डा लिएर जादै हुनुहुन्छ ?

दिपक निरौला : मुलत ५ नं क्षेत्र २ वटा प्रदेश विभाजित छ र मैले २ नं प्रदेशको प्रतिनिधित्व गर्न गइरहेको छु। मेरो प्रदेश भित्र अस्पतालहरु रहेका छन। देशका प्रतिष्ठ अस्पतालहरु रहेका छन्। प्रतिष्ठित धार्मिक स्थलहरु रहेका छन। ऐतिहासिक स्थलहरु रहेका छन र यहाँ राष्ट्रिय निकुन्ज रहेको  छन त्यसकारणले ठाउँ बिशेषत फरक फरक खालका मुद्दाहरु रहेका छन्।

टोखा नगरपालिका पट्टिको क्षेत्रलाइ हेर्ने हो भने त्यहा चाहि लिच्छवीकालिन बस्तिहरु रहेको छ। त्यो लिच्छवीकालिन बस्ति र पुरानो शहरको रुपमा पुरानो  टोखा रहेको छ र यसलाई सांस्कृतिक हिसाबले पनि संरक्षण गर्नु र त्यहा एउटा सांस्कृतिक ढंगले त्यसको उत्थान गर्नु पनि आवश्यक रहेको देखिन्छ।

भने बुढानिलकण्ठ यो पनि लिच्छवीकालिन बस्ति संग सम्बन्धित  ठाउ नै हो यहा बुढानिलकण्ठको मुर्ति छ यो पनि लिच्छवीकालिन मुर्ति छ यो संसारमै नमुना रुपमा पनि रहेको छ ।

जुन एउटै ढुंगामा बनेको छ यो आकर्षक पनि छ त्यसपछि पुरानो  खड्का भद्रकाली बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा पर्छ धरमपुर त्यो पनि लिच्छवीकालिन बस्तीको रुपमा रहेको छ। जुन गएको भूकम्पले क्षती गरेको छ यी ठाउलाई धार्मिक पर्यटनको रुपमा हामीले बिकास गर्न सक्छौ।

धार्मिक पर्यटन को रुपबाट मनिस लाइ आकर्षित गर्ने र त्यसका आधारमानै यहाको स्थानीय जनताको जीवनस्तर उकास्ने खालको रुपमा सहयोगी भूमिका निर्वाह गर्न सकिन्छ।

त्यसपछि यो नगरपालिका तर्फ यो बुढानिलकण्ठ नगरपालिकामा पर्छ तर सामान्य मानिसले बुझ्दा टोखा भनेर बुझ्ने गरेको टोखा संग जोडिएको निकुन्ज संगै जोडिएको  चंडेश्वोरी मन्दिर छ।

जसका नामले चंडेश्वरी गाबिसको नामाकरण पनि गरिएको थियो त्यो चंडेश्वरी स्वस्थानि ब्रतकथा आधारित एउटा स्थान पनि हो।

जहाँ दक्षप्रजापतिले यज्ञ होम गरेको ठाउ भनिन्छ ।त्यो त्यहा रहेको छ यसको बिकास गर्न जरुरि रहेको छ भने महानगरपालिकाको ३ नं वडा पर्छ जहा कान्ति बाल अस्पताल छ महाराजगन्जको शिक्षण अस्पताल जहाँ मेडीसिनको  पढाई हुन्छ ।

त्यस्तै गरि गङ्गालाल हृदय केन्द्र यो अस्पताल क्षेत्र यसको बिकास उत्तथान ब्यबस्थित गर्ने यहाको व्यवस्थित शहरीकरण बिकास अहिलेको हाम्रो  चुनौती हो।

व्यवस्थित  शहरी बिकास गर्ने र धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गरेर यहाका जनतालाई कृषिमा निर्भरबनाउने र  हि व्यापारिक भन्दा पनि जिबिकोपार्जन हिसाबले जिबन निर्वाह गर्ने ढंगले भै रहेको कृषि उत्पादनको  अन्त्य गरि ब्य्बसाहिक कृषिको उत्पादन गर्ने कुरामा हामि जान्छौ।यसकै आधारमानै हामि बिकासलाइ यहाको जनतालाई जिबन स्तर उकास्ने खालका काम गर्न सक्छौ।यिनै  कुरानै अहिलेको मेरो मुद्दा एजेन्डा रहेका छन ।

कपन अनलाइन : उम्मेद्वारी दिईरहादा यहाको लक्षित मतडाता को को रहेका छन् ?

दिपक निरौला : लगभग ३३ हजार चानचुन सेरोफेरोमा मतदाता रहेका छन् मेरो लक्षित मतदाता भनेको एउटा बिशेष कुनै मतदाता छैनन ।जाति बिशेष धर्म  बिशेष,  समूह बिशेष या एउटा वर्ग बिशेष संग मात्र सम्बन्ध  छैन।  किनभने म आम रुपमा आज सम्म पार्टीको एउटा कार्यकर्ता रुपमा रहेको थिए।

पार्टीको एउटा नेताको रुपमा रहेको थिए तर अब म सिंगो देशको असल सिपाही बन्न गईरहेको छु त्यसैले मैले समग्र सबै जनताको प्रतिनिधित्व गर्ने हो र म सबै जनताका सेवामा समर्पित हुने र एउटा असल जनताको सेवक या गोठालो रुपमा आफुलाई अघि सार्न गइरहेको छु। त्यसैले  मेरो लक्ष्य भनेको सबै हो ।

कपन अनलाइन : अन्त्यमा आम मतादाताहरुलाई के भन्नु हुन्छ ?

दिपक निरौला : परिबर्तन राजनीतिक परिवर्तनको संरक्षण गर्दै देशमा आर्थिक परिबर्तन संग संगै दिगो बिकास अहिलेको आवश्यकता हो। यो आवश्यकतालाई पुरा गर्नको लागि बाम गठबन्धन र नेकपा एमाले र यसको नेतृत्व केपी शर्मा  ओलीको नेतृत्वमा मात्र सम्भब छ।

यो कुरा बिगत धेरै घटनाहरुले पुष्टि गरिसकेका छन् जुन यो नेपाली जनताले प्राप्त गरेको नया संबिधान जुन परिवर्तनको पक्षमा रहेको छ। यसलाई कार्यन्वयन गर्दै सम्वृद पारेर अगाडी बढ्नु आजको हाम्रो आवश्यकता हो र आम मतदाताहरुलाई यसपल्ट सुर्य चिन्हमा मतदान गरि बाम गठबन्धनको पक्षमा मतदान गर्न आवहान गर्दछु ।

 

तपाइँको प्रतिक्रिया ।