बाख्रा पालन प्रकरणमा गगन थापाले आफ्नो धारणा सार्वजनिक गरे

बाख्रा पालन प्रकरणमा गगन थापाले आफ्नो धारणा सार्वजनिक गरे

कपन अनलाइन 

काठमाडौ,मंगसिर ५।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा का उम्मेदवार गगन कुमार थापाले अहिले चर्चामा रहेको बाख्रा पालन प्रकरणका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन । उनले आफ्नो फेसबुक पेज मार्फत यस सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेका छन ।

आफ्नो पेजमा आम रुपमा सम्बोधन गर्दै उनले आफुले व्यवसायिक कृषि तथा व्यापार आयोजना  बाट रकम प्राप्त गर्ने सबै बैधानिक पुरा गरेको तर सोहि समयमा संसदमा कृषि तथा जल श्रोत समितिको सभापति भएकोले सो कार्यक्रम अगाडी नबढाएको उल्लेख गरेका छन ।

उनले पहिलाको परियोजना संबन्धमा आफ्नो धारणा राख्दै राजनीतिक कर्ममा लाग्ने व्यक्तिले केहि न केहि आर्थिक उपार्जनका काम गर्नु पर्ने भन्दै चितवनमा आफ्नै जग्गामा नया परियोजना सुरु गरेको बताएका छन ।

केहि दिन अगाडी काठमाडौं क्षेत्र नं ६ प्रदेस क्षेत्र १ मा बाम गठबन्धनका उम्मेदवार केसव स्थापितले उनको बाख्रा पालन व्यवसाय र त्यसको श्रोतका वारेमा प्रश्न उठाएका थीए ।उनले स्थापितको आरोपलाई भ्रामक भन्दै खण्डन गरेका छन ।स्थापितले थापालाई बाख्रा पालन को गोठ , मासु पसल र फर्पिंगमा गरिएको कुरिलो खेतीको वारेमा प्रश्न गरेका थिए।केहि दिन देखि राजनीतिक वृत तताएको यो प्रकरणमा थापाको धारणा सार्वजनिक भए पछी अझै यसले नया बहस सृजना गर्ने देखिएको छ।

आपनो क्षेत्रको चुनावी अभियानमा बाटोको दुरावस्थाको वारेमा धेरै गुनासो सुनेका थापालाई यस प्रकरणले निकै तनावमा पारेको नेपाली कांग्रेसका एक स्थानीय नेताले बताए।स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका प्रतिनिधिले १२ मध्ये १० वडामा विजयी प्राप्त गरे पछी रक्षात्मक अवस्थमा पुगेको नेपाली कांग्रेस काठमाडौं ४ मा यो प्रकरणले झन असर परेको ति नेताले स्वीकार गरेका छन।

यसै संबन्धमा व्यवसायिक कृषि तथा व्यापार आयोजना( प्याक्ट) ले पनि बिज्ञप्ति जारि गरेर यस प्रसंगको बारेमा स्पस्ट समेत पारेको छ ।

तपाइँको प्रतिक्रिया ।