पौडी पोखरी अनुगमनमा बुनपा उपप्रमुख रमा राई सहितको टोलि योजना स्थल पुग्यो

पौडी पोखरी अनुगमनमा बुनपा उपप्रमुख रमा राई सहितको टोलि योजना स्थल पुग्यो

कपन अनलाइन

काठमाडौ,मंग्सिर ४ ।

बुढानिलकण्ठ नगरपालिका की उप प्रमुख रमा राई सहितको टोलीले आज बुनपा २ मा निर्माणाधीन पौडी पोखरी र पानी संकलन केन्द्रको अनुगमन गरेको छ । राई संगै उक्त टोलीमा नगरपालिकाका इन्जिनियर बिजेन्द्र श्रेष्ठ, बुनपा वडा नं २ का सदस्य राजेन्द्र श्रेष्ठ ,बुनपा वडा नं १० का सदस्य चन्द्र मान श्रेष्ठ सहभागी थिए।

नगरपालिकाको टोलीले उक्त पोखरीको निर्माण प्रगतिको वारेमा जानकारी लिएका थिए भने वडाका अन्य स्थानमा भै रहेका विकास निर्माणको अनुगमन निरीक्षण पनि गरेको  थिए ।

तपाइँको प्रतिक्रिया ।