तारकेश्वर नगरपालिका वडा नं ९ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आयो

तारकेश्वर नगरपालिका वडा नं  ९ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आयो

कपन अनलाइन 

काठमाडौं ,मंग्सिर ४

तारकेश्वरको ९ नम्बर वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरपालिकामा पहिलोपटक ९ नम्बर वडाबाट उक्त कार्य शुरु गरिएको हो ।

स्वास्थ्य केन्द्र स्थापनाको निम्ति आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर रामेश्वर वोहोरा, विशिष्ट अतिथिको रुपमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अग्नि प्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो ।
९ नम्बर वडाका अध्यक्ष बलराम सिटौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य प्रमुख अरुण गिरीको समेत उपस्थिति रहेको थियो ।

सहज र सर्वसुलभ तवरले स्वास्थ्यमा वडास्तरका नागरिकहरुको पहुँच स्थापना हुन सकोस् भन्ने मान्यताले नगर शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको वडा अध्यक्ष सिटौलाले बताए  ।

तपाइँको प्रतिक्रिया ।