राष्ट्रपतिबाट शोकाकुल परिवारमा समवेदना प्रकट

राष्ट्रपतिबाट  शोकाकुल परिवारमा समवेदना प्रकट

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट ग-यो ।

समूहले स्व. दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट ग-यो ।

समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी हुनुहुन्थ्यो ।

तपाइँको प्रतिक्रिया ।