बलबहादुर साम्सोहाङ: वियोग र बाध्यताले पनि नझुकेको निष्ठा

बलबहादुर साम्सोहाङ: वियोग र बाध्यताले पनि नझुकेको निष्ठा

कपन अनलाइन 

ताप्लेजुंग ,मंग्सिर ३ /प्रितम शर्मा

जीवनभर साथ दिने श्रीमती अनि मुटुभन्दा प्यारी कलिली छोरी गुमाउँदाको पीडाको अनुभव सायदै मानिसहरुलाई हुन्छ । श्रीमती बिरामी हुँदा उपचार गराउन नसक्नुको पीडा अनि छोराछोरीको लागि स्कुलको शुल्क तिर्न नसक्दा एउटा बाबुलाई कस्तो अनुभव होला । अनुमान मात्रै गर्न सकिन्छ ।
जीवनभर राजनीति र समाजसेवामा बिताउदा परिवारका खुसी र इच्छा बन्दकी राख्नु सहज र सजिलो छैन । तर सुदुर पूर्वी जिल्ला ताप्लेजुङका एक निष्ठावान राजनीतिज्ञ बलबहादुर साम्सोहाङ (सुरेन्द्र) ले जीवनमा यी र यस्ता धेरै कठोर नियतीको सामना गरे । निष्ठा र इमान्दारितमा कहिल्यै संझौता गरेनन् । बरु परिवारको खुसीलाई तिलाञ्जली दिएर गाउँबस्तीका जनताको खुसी खोज्न हिंडे ।
सानै उमेरमा बुबाको देहान्त, गत वर्षमात्रै आफ्नी जीवन साथी टीका र छोरी ममतालाइ गुमाउनु पर्दाका पीडालाईसमेत परास्त गर्दै राजनीतिलाई सम्मानित र निष्ठानवान बनाउने अभियानमा लागिरहे । त्यही अभियानलाई अर्को खुड्कीलो चढाउन उनी यतिबेला प्रदेश सभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।
राजनीति र राजनीज्ञि दुर्गन्धित भइरहेका बेला बलबहादुर साम्सोहाङ थोरै अपबादमध्येका एक हुन् । उनले राजनीतिलाई पेशा कहिल्यै बनाएनन् । जीवनमा लाभको पद कहिल्यै स्वीकार गरेनन्, अनि परिवार र आफ्नो खुसीका लागि राजनीतिसँग संझौता पनि गरेनन् । अप्ठ्यारो पारिवारिक र व्यक्तिगत अवस्थामा पनि उनले राजनीति र समाजसेवा बाहेक केही रोजेनन् ।
बिद्यार्थी संगठनबाट सुरु भएको उनको राजतनीतिक यात्रा अहिले नेकपा (एमाले) को जिल्ला कमिटी अध्यक्षसम्म आइपुगेको छ । आफूले पाएको जिम्मेवारी सहज र सरल ढंगमा पुरा गर्ने उनको आदतले धेरै ताप्लेजुङबासीलाई राहत मिलेको छ ।
जनताको सेवा नै मूख्य ध्येय राखेर उनले हजारौंको नागरिकतामा सनाखत बसेर पारिवारिक दायित्व जस्तैगरी पुरा गरेका छन् । जिम्मेवारीलाइ जहिल्यै अवसर ठान्ने,आइ परेको काम बिना झञ्झट सम्पन्न गर्ने कौशलताले ताप्लेजुङमा उहाँको उचाई अरुसँग तुलनै हुदैन ।
२०४० सालमै प्रहरी हिरासतमा परेका उनी २०६२।६३ को आन्दोलनसम्म आइपुग्दा पनि उही जोश र जाँगकासाथ आन्दोलनको अग्रभागमा खटिरहे । २०५४ सालमा चाक्सिबोटे माविको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर कार्य सम्पादन गर्दा उनको त्यो जिम्मेवारी सामाजिक कार्यको पहिलो ठूलो जिम्मेवारी थियो । जसलाई कुशलतापूर्वक निर्वाह गरे ।
आफुले अध्यन गरेको बिद्यालयमा १४ बर्षपछि नेतृत्वकर्ता बनेर आउँदा उनले प्राप्त जिम्मेवारीलाइ बिना बिबाद पूरा गरेर देखाए । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा उनले पाथीभरा क्षेत्रको बृहत्तर विकासका लागि गुरु योजना निमार्णको पहलकदमी लिए ।
त्यतिमात्रै होइन उनले ताप्लेजुङकै जेठो पाथीभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षको गहन जिम्मेवारीसमेत उपलब्धीपूर्वक सम्पन्न गरे । भूकम्पले देश दुखेका बेला ताप्लेजुङबाट भक्तपुर पुगेर प्रभावित भक्तपुरका पीडतहरुका घर टहरा निमार्णमा पनि उनी त्यतिकै सक्रिय भए ।
यी र यस्तै सामाजिक र राजनीतिक कामको नेतृत्व गरेका बलबहादुरसँग प्रदेश सभाको सदस्यका रुपमा निर्वाचित भएपछि जिल्लाका लागि दिने योगदान र कामको सूची पनि लामो छ ।
उनले जिल्लालाई आर्थिक रुपमा सम्बृद्ध बनाउन कृषि र पर्यटनको व्यवसायीकरणका लागि योजना बनाएका छन् । भन्छन्, ‘ निष्ठापूर्ण राजनीतिले मात्रै आर्थिक सम्बृद्धि प्राप्त गर्न सकिन्छ । म त्यो लक्ष्य पुरा गर्ने क्रममा कहिल्यै बिचलित हुन्न । ′
बलहादुरलाई जिल्लाबासीलेसमेत इमान्दर नेताका रुपमा बुझेका छन् । पाएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनको सबैभन्दा ठूलो विशेषता हो । स्थानीय समाजसेवी सुरेश लिम्बु बलबहादुर जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि सहज रुपमा जनताको सेवामा खट्ने विशेषता भएको नेताका रुपमा बुझ्छन् । उनी भन्छन्, ‘बलबहादुरले जीवनमा जनता र पार्टीभन्दा केहीमा ध्यान दिएनन् । पारिवारिक बियोगका बेला पनि पार्टी र जनताको काममै आफूलाई व्यस्त राखिरहे । ′

तपाइँको प्रतिक्रिया ।