यज्ञराज सुनुवार र रामहरी खतिवडा विच आरोप प्रत्यारोप

यज्ञराज सुनुवार र रामहरी खतिवडा विच आरोप प्रत्यारोप

कपन अनलाइन 

ओखलढुंगा,मंग्सिर ३

ओखलढुंगा जिल्लाका  प्रतिनिधि सभाका उम्मेदवार यज्ञराज सुनुवार र रामहरी खतिवडा विच आरोप प्रत्यारोप चलेको छ ।

ओखलढुंगाको एक स्थानीय रेडियोमा अन्तर्वार्ताको क्रममा उनीहरुले एक अर्कालाई आरोप लगाएका छन ।त्यस अन्तर्वार्तामा सुनुवारले खतिवडालाई खिजी फलाटे आफुले लिएर गएको भने पछी खतिवडाले आपत्ति जनाएका थिए ।

त्यस्तै चर्चित घडी काण्डमा आफ्नो नाम मुछेको प्रसंगमा पनि उनले ओखलढुंगाका एमाले नेताहरु माथि संका व्यक्त गरेका थिए । उनले यज्ञराज सुनुवारले आफुले सफाइ पाएको किर्ते हस्ताक्षर प्रकरण निर्वाचनमा उठाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

यज्ञराज सुनुवारले उक्त अन्तर्वार्तामा खतिवडा लाई निर्वाचनको दौरानमा बाम गठवन्धनलाई अनावस्यक गाली गलौच गरेकोमा दुख व्यक्त गरेका थिए ।

दुवै नेताले एक अर्कालाई आरोप लगाउदै आफुले निर्वाचन जित्ने दावी गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।