मेरो क्षेत्रलाई खेलकुदको हव बनाउन चाहन्छु :छिरिंग दोर्जे लामा

मेरो क्षेत्रलाई खेलकुदको हव बनाउन चाहन्छु :छिरिंग दोर्जे लामा

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३।

नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र १ का उम्मेदवार छिरिंग दोर्जे लामाले आफ्नो क्षेत्रको खेलकुद विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । नेपाल विद्यार्थी संघको सहमहामन्त्री रही सकेका उनले आफ्नो क्षेत्रका युवाहरुको समग्र पक्षको विकासमा आफुले योगदान दिने बताएका छन । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भएको तर यहि क्षेत्रमा कुनै पनि खेलकुदका पूर्वाधार नभएकोले त्यो निर्माण गर्न आफुले पहल गर्ने लामाले बताएका छन ।

बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी रहिसेका लामाले सांस्कृतिक पर्यटनलाई विकास गर्ने र बौद्धनाथ क्षेत्र आसपासको विकासमा आफुले सक्रियता पुर्वक काम गर्ने बताएका छन । प्रदेशको नामाकरण गर्ने कुरामा यहाँको पहिचान झल्किने गरी राख्न पहल गर्ने बताउदै उनले बाग्मती सभ्यता कायम गराउनुका साथै सीपमूलक रोजगारी तथा प्राविधिक शिक्षाको व्यवस्था गरेर यहाँका जनतालाई रोजगारी दिलाई जीवनस्तर उकास्न भूमिका खेल्ने बताएका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।