काठमाडौं क्षेत्र नं ३ लाई नमुना क्षेत्र बनाउछु : कृष्ण राई ( उम्मेदवार ,बाम गठबन्धन)

काठमाडौं क्षेत्र नं ३ लाई नमुना क्षेत्र बनाउछु : कृष्ण राई ( उम्मेदवार ,बाम गठबन्धन)

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३

बाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार कृष्ण राई ले सडक निर्माण, खानेपानी लगायतका पूर्वाधारको विकास , बाग्मती नदीलाई सभ्यताको नदीका रूपमा विकास, बौद्धनाथ क्षेत्रको प्रवर्धन गर्ने आफ्नो योजना रहेको बताएका छन ।

२०५४ को स्थानीय निर्वाचनमै तत्कालीन जोरपाटी गाविसको उपाध्यक्ष रहेका राई त्यस पश्चात काठमाडौं जिल्लामा विभिन्न संगठनात्मक जिम्मेवारीमा रहदै अहिले नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष रहेका छन । राजनीतिक जीवन संगै उनि विभिन्न  सामाजिक काम तथा कला, साहित्यमा केन्द्रित रहेँ । स्थानीय तथा राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय संघ–संस्थामा आबद्ध रहेका छन ।

आफ्नो क्षेत्रलाई नमुना बनाउने उद्घोष गरेका राई आफुले कुनै स्वार्थ नराखी राजनीति गरेको बताउछन । जनताको मुद्दा  र आवश्यकतालाई संबोधन गर्दै आर्थिक क्रान्तिको दिशामा बढ्नुका साथै गागलफेदी पार्क, कागेश्वरी धार्मिक स्थल, गोकर्णेश्वर महादेव, तारेभीरजस्ता चर्चित ठाउँको विकास तथा प्रर्वद्धन गर्ने योजना रहेको उनले बताए ।

 

तपाइँको प्रतिक्रिया ।