राजनीतिक रापले तात्यो कपन

राजनीतिक रापले तात्यो कपन

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३

काठमाडौं क्षेत्र नं ४ मा रहेको साविक कपन गाविस जसमा बुढानिलकण्ठ नगरपालिका का वडा नं १०,११ र १२ रहेका छन त्यहा अहिले राजनीतिक वातावरण तातेको छ ।मंग्सिर महिना को चिसोमा पनि यहाँ हरेक स्थानमा राजनीतिक बहस र चर्चा भने निकै गर्मा गर्मीका साथ हुने गरेका छन । टिकट प्रकरण संगै सेलाएको कपन अहिले केहि सल्बलाएको जस्तो देखिन्छ । क्षेत्र नं ४ मा निर्णायक मत बोकेको कपन न ताते सम्म चुनावी पारो यस क्षेत्रमा धेरै चडन सकेको थिएन ।

तर कार्तिक १६ गते विहान देखि नै कपन क्षेत्रको राजनीतिक माहोल निकै तातेको थियो । यो माहोल मग्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभामा खादा हुने उम्मेदवारी निश्चित भए संगै गर्माएको थियो । त्यो गर्मी उत्साह उल्लास भन्दा पनि आगेव र आक्रोशको थियो किनकी यस पटकको प्रदेस सभा निर्वाचनमा पनि स्थानीय तहको जस्तै कुनै पनि पार्टी बाट कपनको प्रतिनिधित्व भएको थिएन । यस पटक कपन आक्रोसमा थियो र यहाको राजनीतिक आभा मुर्झाएको थियो ।

त्यस दिन बिहान देखि बिहान देखि नै विभिन्न आकलन र अनुमानहरुका खेती चोक चोकमा ,टोल टोलमा भैरहेका थिए ।कतै अव कपनका नेताहरुले आफ्नो पार्टी खिलाफ उम्मेदवारी दिन्छन भन्ने चर्चा चल्दै थियो भने अर्को तर्फ अव यस क्षेत्रका कुनै पनि नेताहरु निर्वाचन अभियानमा सक्रिय बन्दैनन् भन्ने चर्चा थियो । त्यसै शिलशिलामा करिव ११ बजे पछी यहाँको माहोल झन् तात्यो किनकी यहाँ कपनका नेताहरु दलवल सहित बागी उम्मेदवार बन्न हिडी सके भन्ने हल्ला चल्यो ।

कतै आत्मारामले यसो गरे ,कतै मिठारामले उसो गरे भन्ने हल्ला चल्यो भने आफ्नो उम्मेदवारी दर्ता गर्न रास्ट्रिय सभा गृह पुगेका उम्मेदवारलाई पनि यो हल्लाले निकै सताएको थियो त्यस दिन । तर ति सव हल्ला अनुमान र चर्चालाई केवल चिया गफमा सिमित पर्दै कपनका हरेक पार्टीका नेताहरुले कुनै पनि किसिमका आवेग र उत्तेजना पूर्ण काम गरेनन ।

कार्तिक १७ गते विहान पनि यस्तै अर्को चर्चा चल्यो कि अव निर्वाचनमा कपनका नेताहरु सक्रिय बन्दैनन र उनिहरु कुनै पनि निर्वाचन गतीविधिमा सामेल हुदैनन् । यस्तै यस्तै चर्चा करिव १ बजे सम्म  चल्दै गर्दा त्यसलाई कपनका नेताहरुले चर्चामै सिमित पारिदिए । यस पटक पनि कपनका नेताहरुले राजनीतिक परिपक्वता देखाए र उनीहरु आ आफ्ना दलका कार्यक्रममा नियमित झै सक्रिय बने भने तमाम चर्चा र टोलका कुराहरु केवल चर्चामै सिमित बने ।

साविक कपनमा आफ्नो राजनीतिक मैदान बनाएका नेताहरुले पुन एक पटक निकै ठुलो राजनीतिक इमान्दारिता देखाएका छन । अहिले कपनका सबै नेताहरु आ आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय बनेका छन ।

अहिले यहाका हरेक राजनीतिक कार्यक्रममा कपनका अगुवा नेताहरु मिठाराम अधिकारी ,आत्माराम पौडेल, ठाकुर खकुरेल ,राजाराम बुढाथोकी,रामकृष्ण केसी ,धुर्वराज न्यौपाने,धुर्व नेपाल ,राम प्रसाद चौलागाई ,डम्बर अधिकारी ,विनोद चालिसे आदि राजनीतिक गतिविधिमा निकै सक्रिय देखिन्छन ।

उनीहरु अहिले कपनले  संसदीय मोर्चामा नेतृत्व गर्ने अवसर नपाए पनि राजनीतिक मोर्चामा गर्नुपर्ने तर्क दिदै निर्वाचन अभियानमा सक्रिय बनेका छन ।करिव १८ हजार मत रहेको कपन नै यस पटकको निर्वाचन परिणाममा निर्णायक बन्ने भएकोले पनि  हरेक दलका उम्मेदवार यतै केन्द्रित बनेर आफ्ना गतिविधि गरिरहेका छन।

अहिले कपनका ३ वटै वडाका विभिन्न स्थानमा राजनीतिक दलका सम्पर्क कार्यालय हरु रहेका छन जहाँ भोट अपिल गरिएका गीत बजिरहेका सुनिन्छन। त्यस्तै कार्यकर्ता मात्र नभई सर्वसाधारण समेत अहिले चासो व्यक्त गर्दै उम्मेदवार र पार्टीको सम्भावित परिणाम र अवस्थाको आकलन गरि रहेको दृश्य देखिन थालेको छ ।कपनको मत आकर्षित नगर्दा सम्म कुनै पनि दलले यस क्षेत्रमा जीत हासिल नगर्ने हुदा उम्मेदवारहरु पनि यतै केन्द्रित बनेका छन जसले अहिले सेलाउने अवस्थामा पुगेको कपनको राजनीतिक माहोल एकाएक तताएको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।