कुसुम कुमार कार्कीको “चुनिखेल” सपना

कुसुम कुमार कार्कीको “चुनिखेल” सपना

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस २ का उम्मेदवार कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा घर दैलो गर्दै आफ्ना योजना राखेका छन । आफ्नो संगठनको राजनीतिक प्रतिवेदन र चुनावी मन्तव्यमा कार्कीले चुनिखेल लाई निकै महत्व दिदै आएका छन । चुनावी घर दैलो पश्चात आफ्नो चुनावी सम्बोधनको क्रममा उनले आफ्ना चुनिखेल सपना सुनाएका छन ।

आफ्नो सम्बोधनको क्रममा कार्कीले चुनिखेललाई काठमाडौं र नेपाल भरिकै नमुना पर्यटकीय नगर बनाउने आफ्नो सपना रहेको बताएका थिए ।यस भन्दा पहिला हिमनदी पर्यटन सहकारी मार्फत नुवाकोटमा पर्यटन प्रवर्धन मा योगदान दिएका कार्कीले चुनिखेलमा पनि पर्यटन सहकारी स्थापना गरि त्यस स्थानको प्राकृतिक,सांस्कृतिक र भौगोलिक विकास गर्नु पर्ने धारणा अगाडी सारेका छन ।उनले चुनिखेलमा रहेका सामुदायिक बन र प्राचिन महत्व बोकेका मठ मन्दिर र त्यहाको जात्रा , मेला र पर्व को रास्ट्रिय रुपमा प्रवर्धन गर्ने योजना सुनाएका थिए ।

कार्कीले त्यहा स्थापना हुने पर्यटन सहकारीमा पहिलो अंशियार बुनपा १३ का स्थानीय हुने र त्यसमा अन्य स्थानका लगानी कर्ताहरु पनि थपिने बताउदै आफुले जिते पनि हारे पनि यो काम अगाडी बढ्ने बताएका थिए ।

उनले पर्यटनको साथमा चुनिखेलमा आधुनिक कृषि उत्पादन गर्न सकिने बताएका थिए ।चुनिखेलको जमिनमा उब्जेको सामान सबै नगरवासीले उपभोग गर्ने वातावरण बनाउन नगरपालिकामा समेत योजना बन्दै गरेको भन्दै उनले चुनुखेललाई आधुनिक कृषि पकेट क्षेत्र बनाउने योजना निर्माणको काम थाल्न वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठलाई निर्देशन समेत दिएका थिए ।

उनले अव कपन बंगलामुखी – नौलिन चुनिखेल – बुढानिलकण्ठ धार्मिक पदमार्ग निर्माण गर्ने पहल थालेको भन्दै चुनिखेल क्षेत्रको बाजा , नाच र जात्राहरु नगरपालिकाको पहिचान र सम्पति भएको बताएका थिए ।उनले आफुले विजयी प्राप्त गरे यस क्षेत्रको पहिचान झल्काउने बस्तु प्रदेस सभाका विभिन्न  संकेतहरुमा राख्न पहल गर्ने आस्वाशन दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।