गुडलकको प्रिमियर सो का्लोराडोमा सम्पन्न

चलचित्र गुडलकको प्रिमियर सो आइतबार का्लोराडोमा भव्यताका साथ सम्पन्न भयो । कोलोराडो निवासी नवराज श्रेष्ठद्धारा अभिनित चलचित्र गुडलकको प्रिमियर सो उनको गृह नगर वेष्टमिनिष्टरबाट सुरु गरिएको हो । नेपाली चलचित्रका कलाकारहरू मध्ये झण्डै पच्चिस प्रतिषद अमेरिकामा बस्ने भएतापनि अमेरिकी इतिहासमा नेपाली कलाकारलाई रातो कार्पेटमा हिडाएर स्वागत गरिएको यो पहिलो कार्यक्रम हो ।

नेपालीहरूको साझा संस्था रकी माउण्टेन फ्रेन्ड्स अफ नेपाल र नेपाली घरद्धारा संयूक्तरुपमा आयोजित कार्यक्रममा झण्डै ४ सय नेपाली तथा अमेरिकी दर्शकहरुको उपस्थिति रहेको थियो । चलचित्र शुरुहुनु अघि कलाकार तथा नायक श्रेष्ठलाई उपस्थित दर्शक तथा सुभचिन्तकहरुले फुलका गुच्छाले स्वागत गर्दै बधाई दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नायक श्रेष्ठले जन्म भूमिमा निमार्ण भएको चलचित्रको कर्म भूमिमा प्रिमियर सो हुँदा आफू ज्यादै खुसी भएको बताए । कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै उनले अमेरिका भर चलचित्र प्रर्दशन गराउंदा उठेको ३० प्रतिषद रकम कोलोराडोमा नेपालीहरूको सामुदायिक भवन बनाउन हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
sitter-1-1024x409
कार्यक्रममा नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले सहभागी सबैलाई धन्यवाद दिदै आगामी दिनमा अब यस्ता कार्यक्रमहरू दुवै संस्था मिलेर आयोजना गरिने जनाए । त्यसैगरी रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले नेपालीहरू अब फुटेर हैन जुटेर अगाडी बढ्नुपर्ने बेला आएको बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै तमुधीका अध्यक्ष रमेश गुरुङले धर्म हराए संस्कृति हराउने संस्कृति हराए मान्छे हराउने उल्लेख गर्दै हाम्रो धर्म संस्कृति जोगाउन यस्ता कार्यक्रमले धेरै टेवा पु¥याउने ठोकुवा गरे ।

सामाजिक परिवेशमा घटनसक्ने सत्य तथ्य घटनालाई आधारमानी निमार्ण गरिएको चलचित्र गुडलकमा प्रेम कथालाई भिन्दै कोणबाट प्रस्तुत गर्न खोजिएको छ । मलिकको घरमा ड्राईभर बसेको पात्र बले (नायक नवराज) र मालीककी बहिनी श्री (नायिका सिर्जना बस्नेत ) दुवै एकै घरमा बस्दा एकले आर्कालाई कसरी हरिरहेका हुन्छन् भन्ने मुख्य सन्देश फिल्ममा देखाउन खोजिएको छ । चलचित्रमा मसलाको रूपमा नेपालमा राजमार्गको छेउछाउमा पाइने खाना स्वास्थ्यकर नहुँदा त्यसले पार्ने असर, नेपाल बन्दगर्दा यात्रुले भोग्नु पर्ने कठिनाइलाई संगटीएको छ ।

नेपाली चलचित्रको इतिहास कोट्याउने हो भने पहिलो नेपाली चलचित्र सत्य हरिश्चद्र हो जुन छिमेकी राष्ट्र भारतमा २००७ सालमा निर्माण गरिएको थियो । त्यस्तै दोस्रो चलचित्र आमा २०२२ सालमा नेपालमा बनाइएको हो । त्यसैगरी पहिलो रंगीन चलचित्र कुमारी हो । चलचित्र निर्माण सँगै अङ्ग प्रदर्शनको होडबाजी चलेको वर्तमान परिवेशमा यस चलचित्रमा त्यस्ता खाले दृश्य भने देखिदैनन् ।

त्यसो त चलचित्रका नायक नवराजको पहिलो फिल्ममात्र नभएर नायिका सिर्जना बस्नेतको निर्देशन पनि पहिलो नै हो । दुख, सुख, मायां, प्रेम सबै संगटिएको चलचित्रमा रबिन्द्र खड्का, कल्याण घिमिरे, चेतन कार्की, मुस्कान ढकाल लगायतका व्यक्तिहरूको सक्रिय भूमिका रहेको छ ।

तपाइँको प्रतिक्रिया ।