तनहुँमा महिला हिंसा:जवरजस्ती करणी गर्दै गरेको अवस्थामा पक्राउ

तनहुँ,असार १० गते
जवरजस्ती करणी गरेको अभियोगमा भरतपुर नगरपालिका–२ बस्ने २८ बर्षीय रोशन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
निजले गएराति देवघाट–२ देउपुर बस्ने १७ बर्षीया महिलालाई निजकै घरमा करणी गरी रहेको अवस्थामा स्थानीय बासिन्दाले फेला पारी प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।