चापागाँउमा स्कुल बस दुर्घट: १४ जना घाइते

ललितपुर,असार १० गते
चापागाँउ टाखेल चौतारा नजिक आज ०९:५० बजे बा.१ क ६२०३ नम्वरको Emerald English boarding School बस न्यौपाने गाँउबाट बिद्यार्थीहरु लिएर आउने क्रममा अनियन्त्रीत भएर सडकबाट करीव ३५ मिटर तल खसेर दुर्घटना हुँदा उक्त स्कुलमा कक्षा २ मा अध्यनरत ८ बर्षीय प्रबेश श्रेष्ठ, कक्षा ४ मा पढ्ने १४ बर्षीय राजी तामाङ, ४ बर्षीय रोशन राई सहित १४ जना बिद्यार्थीहरु घाइते भएकोले उपचारको लागि बजवराही हेल्थपोष्ट र पाटन अस्पतालमा लगिएको छ ।
बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।