नक्कली भारतीय रुपैया कारोवार गर्ने गिरोह पक्राउ

पर्सा,असार १० गते
प्रहरी प्रधान कार्यालय विषेश व्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले नक्कली भारतीय रुपैया सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विरगंज उपमहानगरपालिका–१५ मुर्ली बस्ने मनोहर गिरी भन्ने रंन्जीत झा, बारा जिल्ला प्रस्टोका–३ घर भई बिरगंज उपमहानगरपालिका–१८ भिष्वा बस्ने रामेश्वर सहनी र पर्सा जिल्ला भेडीयारी– ८ घर भई हाल विरगंज श्रीपुर तेजारथ टोल बस्ने मिथिलेशimages तिवारी रहेका छन् ।
विषेश सुराकीको आधारमा म्यूजीक किबोर्ड भित्र नक्कली भारतीय रुपैया डिएचएलको पार्सलमा फिटीङ्ग गरी  मनोहर गिरी (Fake Name ) ले पाउने गरी कुरीयर गरि नेपाल आउदै छ भन्ने सूचनाको आधारमा आज बीरगंज महावीर स्थानमा निग्रानी गर्दा सामान रिसीभ गर्न आएका मनोहर गिरी भन्ने रंन्जीत झालाई प्रहरीले नक्कली भारतीय नोट २९ लाख ६५ हजार सहीत पक्राउ गरेको थियो ।
सो सामान लिनको लागि बारा जिल्ला प्रस्टोका–३ घर भई बिरगंज उपमहानगरपालिका–१८ भिष्वा बस्ने रामेश्वर सहनीले पठाएको भनि निजले वताए पछी निजलाई समेत पक्राउ गरी सोधपुछ गर्दा १ महीना अगाडी देखी वनाएको योजना अनुसार उक्त सामान लिन र भनेको ठाउंमा पु¥याई दिनको लागी पर्सा जिल्ला भेडीयारी– ८ घर भई हाल विरगंज श्रीपुर तेजारथ टोल बस्ने मिथिलेश तिवारीले भनेको खुल्न आएपछि प्रहरीले तिनै जनालाई पक्राउ गरेको थियो ।
फेला परेको हजार दरको नोट १ हजार ६ सय ९० थान र  ५ सय दरको नोट २ हजार ५ सय ५० थान रहेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले अन्य थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।