मेरो उम्मेदवारीले यस प्रदेसका जनता खुशी छन:रमेस खड्का (प्रदेस क्षेत्र-२ उम्मेदवार काठमाडौं -५ )

मेरो उम्मेदवारीले यस प्रदेसका जनता खुशी छन:रमेस खड्का (प्रदेस क्षेत्र-२ उम्मेदवार काठमाडौं -५ )

यहि मंग्सिर २१ गते हुने प्रदेस सभा को निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ मा नेपाली कांग्रेसका उम्मेदवार रमेस खड्का संग निर्वाचनका मुद्दाका केन्द्रित रहेर “उम्मेदवारलाई तिन प्रश्न” शृंखलामा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

कपन अनलाइन :तपाइको यस क्षेत्रको बिकासको योजना के छन् ?

रमेस खड्का : विकास भन्दा पहिले पनि विकास को पूर्वाधारको नीति निर्माण गर्नु आबश्यक छ भन्ने मेरो बुझाइ छ । पुर्वाधार निर्माणको क्रममा यस क्षेत्र् भित्र पर्ने महानगर र नगरपालिकाको वडाहरुको बस्तु स्थितिलाई अबलोकन गरि आबश्यकता बमोजिम आधारभूत कुराहरु मेरा बिकासको योजनामा प्राथमिकतामा राखिने छन् ।

शिक्षा स्वास्थ खानेपानी संगसंगै महानगर र नगरपालिका भित्र रहेका वड हरु संगको सडक संजाललाई एक अर्का वडा संग जोड्दै यस क्षेत्र मा रहेका धार्मिकस्थल संस्कृतिक सम्पदाहरुको संरक्षण एवं प्रबर्धन समेत मेरा विकासको योजना भित्र रहेका छन् ।

सहासिक पर्यटन प्रबर्धनको लागी यो क्षेत्र् एउटा उपयुक्त गन्तब्य हुने हाम्रो अध्यनले पुष्टि गरिसकेकोमा पर्यटन बाट समेत सम्बृद्धि प्राप्त हुने खालको विकास योजना लाई जोड दिएको छु ।

यस क्षेत्र् बाट प्रतिनिधि सभा सदस्यमा म संगै निर्बाचनमा रहनु भएका डा. प्रकाश शरण महत राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिसक्नु भएकोमा त्यो अनुभवले समेत यस क्षेत्र् भित्र रहेको सबै स्थान हरुको बिकासको लागी राम्रो अवसर जुट्ने छ ।

कपन अनलाइन :जनता संग के भनेर मत माग्दै हुनुन्छ ?

रमेस खड्का : जनता संग मत माग्नु भन्दा पहिले मेरो उम्मेदवारीले यस प्रदेसका जनता खुशी छन । सबै जनताको घरको भान्सा सम्म मेरो पहुच रहेको छ जनताको सुख दुख को साथी बन्दै काम गरेको पनि दुई दसक बर्ष भन्दा धेरै भई सकेछ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनमा मेरो उम्मेद्वारी प्रदेश नं. ३, काठमाडौँ निर्बाचन क्षेत्र न ५ को २ “ख” मा प्रदेश सभाको सदस्यमा नेपाली कांग्रेसको तर्फबाट रहेको छ ।

म संग संगै नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्व जलश्रोत एवं परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत प्रतिनिधि सभाको लागी यो क्षेत्र बाट उम्मेद्वार रहनुभएको छ ।

मतदाता भेटघाट एबं घरदैलो कार्यक्रममा जाँदा जनता बाट पाएको त्यो बिश्वास अनि माया देख्दा मत माग्नु अगी नै हामीले जनताको मन जिती सकेको अनुभूति हुन्छ ।

राष्ट्र बिकासको लागी नेपाली कांग्रेसले गरेका काम अनि यो क्षेत्रलाई सम्बृद्ध बनाउने हाम्रा योजनाहरु जनता माझ राख्दै भोट मागी रहेका छौं । मेरो उमेदवारी पार्टीको तर्फ बाट भएता पनि यो हामी प्रदेशका सबै नागरिकको हकहितको लागी हुने भएकाले पनि जनताको माया पाएका छौं ।

कपन अनलाइन : मतदाताले किन तपाईलाई भोट दिने ?

रमेस खड्का : मेरो जन्म काठमाडौँको बाँसबारीमा भएको हो । म एक किसान परिवारमा जन्म भएको कारण मेरो पारिवारिक पृष्ठभूमि यहाँका अन्य नागरिक सरह नै थियो र छ पनि । यही ठाउँको माटोमा मेरो पनि पसिना बगेको छ। मेला पर्ब सुख दुखमा सबै संग भिज्न सक्ने मानिस भएकोले पनि म संग सबै साथीहरुको सम्पर्क रहेको छ ।

३ दशक अगाडिको समय लाई फर्केर हेर्ने हो भने यहाँका अधिकांश मानिसको पेसा कृषि नै थियो । जसरी कृषक मिहिनेती हुन्छ त्यसै गरि यस प्रदेशको नागरिक संग मेरो सम्बन्ध पनि मेहनतको छ चाहे त्यो आसर महिनामा खेतमा बाउसे गर्न जादा होस् चाहे त्यो मंसिर महिनमा धान चुट्दै परालको कुन्यु लगाउदै गर्दा होस् ।

चाहे कोहि बिरामी भएर अस्पताल आउँदा होस् चाहे प्रसाशनिक काममा धाउँदा प्रसाशनिक निकाएमा आउँदा होस् ।यस क्षेत्रका धेरै मानिसहरुले शान्ति बिद्या गृहमा पढेका छन् । त्यो समयमा शान्ति बिद्या गृहमा पढ्न पाउनु ठुलो कुरा हुन्थ्यो ।

बिद्यालय जिबनमा संगै पढेका साथीहरु समेत मेरो उमेदवारी देखि खुशी छन्। आफ्नो आफ्नो घर टोल तिर मेरो लागी र डा. महतको लागी मत माग्दै बसेका छन् । यस प्रदेशमा रहेका युवाहरु म संग जुनै समयमा आएर सर सल्लाह र सुझाब लिदै कार्यक्रमहरु गर्ने गरेकाले पनि खेलखुद र अन्य सामाजिक काम गर्ने संघ संस्थामा रहेका युवा हरु समेत मेरो लागि मत माग्दै हुनुन्छ ।

यही माटोमा जन्मी हुर्की  खेली बढेको मानिस जो संगको सामिप्यता सबै प्रदेशका जनता संग छ सबैको लागी म सजिलै उपलब्ध छु र समस्याको समय कहिले पछि नहट्ने मेरो बानीले गर्दा र सामुदायिक प्रहरी सेवामा बसेर काम गर्दाको अनुभवले समेत मलाई जनता संग भोट माग्ने बेलामा आश्वासान दिनु परेको छैन । जनता लाई थाहा छ म भाषणमा भन्दा धेरै कर्ममा बिश्वास राख्ने मानिस हु भनेर । यस क्षेत्र् को बिकास अनि सम्बृधिको लागी काम गर्न मौका पाऊ भन्दै जनता संग भोट माग्दै छु ।

 

तपाइँको प्रतिक्रिया ।