गगन थापाका पाँच प्रतिवदत्ताहरु

गगन थापाका पाँच प्रतिवदत्ताहरु

कपन अनलाइन

काठमाडौं,कार्तिक २८।

आगामी मंग्सिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेस का तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा गगन थापा उम्मेदवार बनेका छन । २०७० शालको निर्वाचनमा यसै क्षेत्र बाट निर्वाचित भएका थापाले अहिले आफ्नो चुनावी घर दैलोमा आफुले विगतमा गरेका काम हरु र आगामी दिनमा गर्ने कामको वारेमा मौखिक र लिखित पर्चा र अन्य सामाग्री बापत जानकारी दिदै आएका छन ।

यहाँ उनले सार्वजनिक गरेको प्रतिवदत्ता सहितको अपिलमा भएका केहि मुख्य कुराहरुको विवरण प्रस्तुत गरिएको छ ।

अवको पाँच वर्षका लागि गगन थापाका पाँच प्रतिवदत्ताहरु 

१. संविधान कार्यन्वयन

काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्र मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अवको कार्यकालमा सविधान कार्यान्वयनलाई आफ्नी मुख्य प्राथमिकतामा राखेका छन ।उनले अहिले समाजमा रहेको असमानता र विभेद अन्त्य गर्नका लागि संविधानको कार्यान्वयन अनिवार्य शर्त रहेकोले  यसमा लाग्ने बताएका छन ।

उनले आफ्नो अपिलमा युवामा बढेको परिवर्तनको चाहना ,सिमान्तकृत समुहको पहिचानको अभिलाषा ,समावेशीकरण र सशक्तिकरणको आकांक्षा ,लोक कल्याण र सामाजिक न्याय लाई सम्बोधन गर्नु पर्ने अपिलमा बताएका छन ।उनले आफ्नो अपिलमा नेपालको विविधता को सम्बोधन र समाम्न ,संविधानको भावना अनुरुप राज्यको सबै तहमा समावेसी संरचना र प्रतिनिधित्व सुनिस्चित गर्न तथा संबैधानिक निकाय ,अड्डा अदालत ,सुरक्षा निकायलाई स्वतन्त्र ,जनमुखी र प्रभावकारी बनाउन प्रयास गर्ने उल्लेख गरेका छन।

२.    शिक्षा स्वास्थ्य राज्यको दायित्व

थापाले आफ्नो अपिलको दोश्रो बुदामा शिक्षा र स्वास्थ्य लाई राखेका छन जसमा उनले अवको दशक रास्ट्रिय पुनर्जागरण को दशक हुनुपर्ने बताएका छन ।उनले अवको ५ वर्ष शिक्षा र स्वास्थ्य सेवा लाई प्रभावकारी बनाउनु पर्ने र यसका लागि शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनु पर्ने उल्लेख गरेका छन ।उनले आफ्नो अपिलमा संसद भित्र र बाहिर सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्रभावकारी बनाउन संघर्ष गर्ने उल्लेख गरेका छन।

३.    लोकतन्त्रको जगमा समृदीको अभियान :लगानी मैत्री वातावरण र रोजगारीको सृजना

थापाले आफ्नो अपिलको तेश्रो बुदामा आर्थिक विकास र समृदिलाई प्राथमिकतामा राखेका छन ।उनले आगामी ५ वर्षमा प्रतिव्यक्ति आय रु १ लाख ५० हजार भन्दा बढी हुने गरि अर्थ तन्त्र गतिशील बनाउन लाग्ने बताएका छन ।उनले आफ्नो अपिलमा नेपालका नागरिकको लागि रोजगारी सृजना गर्न लगानी मैत्री वातावरण सृजना गर्ने ,उधमी हरुको परिचालन र उर्जा ,कृषि ,पर्यटन क्षेत्रको विकास हुनु पर्ने उल्लेख गरेका छन ।यो दशकलाई रास्ट्रिय पुनर्जागरणको दशक बनाउनु पर्ने थापाले आफ्नो अपिलमा भनेका छन ।

४.    प्रदुषण मुक्त ,बस्न योग्य काठमाडौं अभियान

थापाले आफ्नो अपिलमा बस्न योग्य काठमाडौं बनाउन पहल गर्ने उल्लेख गरेका छन ।उनले आफ्नो अपिलमा २०२७ शाल सम्ममा काठमाडौमा पेट्रोलियम पदार्थ बाट चल्ने सवारी साधन प्रतिस्थापन गरि विधुतिय सवारी साधन संचालन गर्नका लागि पहल गर्ने उल्लेख गरेका छन ।उनले अव काठमाडौं को विकासका लागि गरिन सिटिको अवधारणामा काम गर्नुपर्ने भन्दै गर्दै शहरी पूर्वाधार बनाउने तरिकमै आमुल परिवर्तन गर्नुपर्ने आफ्नो अपिलमा उल्लेख गरेका छन ।

५.    क्षेत्र नं ४ को विकास

काठमाडौं क्षेत्र नं ४ को विकास र सम्मुनातिमा लाग्ने बताउदै थापाले क्षेत्रको अल्पकालीन र दिर्घकालिन विकासको योजना  निर्माण गर्न लाग्नु पर्ने बताएका छन । उनले आफु निर्वाचित बाए यस क्षेत्रको विकासका लागि समन्वयकारी संयन्त्र बनाएर विकासको काम गर्ने आफ्नो अपिलमा उल्लेख गरेका छन ।उनले आफ्नी अपिलमा हरेक वर्षको फागुण  –चैत्र महिनामा आम नागरिकको विकास निर्माण सम्बन्धि चाहना र आवस्यकताको सर्वेक्षण गर्ने उल्लेख गरेका छन ।भौतिक विकास र अन्य विविध रुपमा काठमाडौं क्षेत्र नं ४ लाई नमुना बनाउने उनले आफ्नो अपिलमा उल्लेख गरेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।