डा.राजन भट्टराई र गगन थापा घर दैलोमा भेट हुँदा के भयो ?

डा.राजन भट्टराई र गगन थापा घर दैलोमा भेट हुँदा के भयो ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक २७

आज घर दैलोको क्रममा नेपाली कांग्रेस का तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन थापा र बाम गठवन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराई घर दैलोको क्रममा आमने सामने भएका छन । आ आफ्नो चुनावी अभियानमा घर दैलो गरिरहेका दुइ प्रतिस्पर्धीको भेट भएको थियो ।

दुवै उम्मेदवारको जुलुस कपन र चुनिखेलबीच भएर बग्ने चिहानेखोलाको वारी पारी भएको थियो ।खोला वारी वडा नं ११ मा गगन थापा र  खोलापारी वडा नं. १३ मा राजन भट्टराई घरदैलो गर्दै थिए ।

चिहानेखोला करिडोरको खोलावारी वुनपा ११ नम्बर वडामा गगन थापा र पारी वडा नं १३ मा राजन भट्टराइको यो भेट कुनै योजना र पुर्व निर्धारित भने थिएन ।त्यस समय  दुवैतिरका कार्यकर्ता एकअर्कालाई देखेर निकै जोसिएका थिए। त्यो समय एमालेतिरबाट राजन भट्टराई जिन्दावाद नारा लाग्यो भने कांग्रेस तिर बाट गगन थापा जिन्दावाद भन्दै नारा लागेको थियो ।

अगिल्लो पटक संसदमा संगै विभिन्न अभियान र काममा सहकारी गरेका यी दुइ युवा उम्मेदावर विचको प्रतिस्पर्धाअहिले  रास्ट्रिय र अन्तरास्ट्रिय रुपमा निकै चर्चामा रहेको छ ।

फोटो सौजन्य : काठमाडौं खवर

तपाइँको प्रतिक्रिया ।