राती ३ बजे सम्म सडक निर्माणमा सक्रिय बुनपा १० का जनप्रतिनिधि

राती ३ बजे सम्म सडक निर्माणमा सक्रिय बुनपा १० का जनप्रतिनिधि

कपन अनलाइन 

काठमाडौ,कार्तिक २८

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का जनप्रतिनिधिहरु अहिले वडाको बाटो निर्माण र सुधारका लागि दिन रात नभनी जुटेका छन ।कार्तिक २७  गते दिउसो देखि २८  गते बिहान करिव ३ बजे सम्म वडा नं १० का अध्यक्ष र सदस्यहरु साततले -साप्रेढुंगा सडकमा भैरहेको निर्माण कार्य निरीक्षण र अनुगमन गर्नका लागि सडकमा नै खटेका थिए।

बाटोको दुरावस्थाको कारण जनता बाट निकै गुनासो आए पछी उनीहरु दिन र रात नभनी निर्माणमा लागेका हुन् ।जन प्रतिनिधि हरुको अनुगमनमा कार्तिक २७  गते साततले देखि विवेक चोक सम्मको बाटोमा ग्रेडिंग गरि पानि हालेर रोलर लगाउने काम सम्पन्न भएको र आज २८  गते पनि काम निरन्तर हुने वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठले बताए ।

आज पनि यो काम निरन्तर हुनेछ र वडा नं १० का बाटा हरु सबै अव जन प्रतिनिधि को प्रत्यक्ष अनुगमनमा निर्माण हुने वडा नं १० का अध्यक्ष नवराज भट्टराई ले बताए ।हिजो रात भर काम गर्ने उदेश्य थियो तर स्काभेटर पन्चर भएर करिव ३ बजे पछी काम रोकियो तर आज त्यो काम चल्ने उनले बताए ।

यो अस्थायी समाधान रहेको र छिटै सडक पेटी र ढल निकास गरेर बर्षात भन्दा अगावै सम्पूर्ण बाटो कालो पत्रे गरि सक्ने भट्टराईले कपन अनलाइनलाई बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।