राहत शिक्षक समिति काठमाण्डौको तेस्रो जिल्ला अधिवेसन हुने
कपन अनलाइन
काठमाण्डौ, कार्तिक २७।
सामुदायिक विध्यालयमा राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुको सङ्गठन नेपाल राहत शिक्षक समिती काठमाण्डौ जिल्लाको तेस्रो अधिवेसन मङ्ग्सिर २ गते शनिबार हुने भएको छ ।
देसभर नेटवर्क रहेको राहत शिक्षक समितिले अहिलेको सङघिय संरचना अनुसारको नगर र महानगर अधिवेन पनि सम्पन्न गर्ने तयारिमा रहेको उपत्यका सम्योजक डम्बर राईले जानकारी दिनुभयो । अहिले सदस्यता बितरण र लगत अध्यावधिक गर्ने काम तिब्र रुपमा अगाडी बढाईएको पनि जानकारी दिए ।
काठमाण्डौ जिल्लाको चार ओटा भेगिय समितिहरु निर्माण सम्पन्न गरि अब जिल्ला अधिवेसन हुन लागेको हो । भेगिय अध्यक्षहरुको रहोबरमा सदस्यता बितरण र लगत विवरण सन्कलन गर्ने काम अहिले भईरहेको छ । देसभर ४२ हजारको संख्यामा रहेको राहत शिक्षकले राज्यबाट बिभेद भईरहेको भन्दै शिक्षकहरु बिच रहदै आएको असमानता र स्थायित्वको लागी सङ्हर्ष गर्न नेटवोर्किङ्ग आवस्यक रहेको केन्द्रीय संयोजक खेमराज अधिकारिले बताए ।
काठमाण्डौ केन्द्रमा रहेर पनि यहाका राहत शिक्षकहरु निस्कृय रहेकोले अब जिल्लाका सबै राहत शिक्षकहरु सङाठित भई अगाडी बढ्नु पर्ने आवस्यक्ता रहेको बताए ।
उपत्यका बाहिरका राहत शिक्षकहरु सकृय रहेको बताउदै अहिले सम्मको आन्दोलन र उपलब्धिहरु प्राप्त गर्न उपत्यका बाहिरका राहत शिक्षक साथिहरुको महत्वपुर्ण भुमिका रहेको केन्द्रीय उपाध्यक्ष खगेन्द्र पौडेलले बताउनुभयो । अब पनि काठमाण्डौ सकृय भएर नलाग्ने हो भने हाम्रो माग पुरा गर्न नसकिने उनले दावी गरे ।
अहिले सम्म तलब बृद्दी, बिदा प्रमाणिकरण, अभिलेखिकरण, पोसाक भत्ता, २३ % खारेजि, जिल्ला भित्र सरुवा, आयोगको अन्तवार्तामा अनुभवको अन्क जोडिने लगायतका उपलब्धिहरु आन्दोलनै बलमा स्थापित गरिएको भन्दै अबको स्थायित्व र असमानताको लडाईमा देसभरका ४२ हजार राहत शिक्षक उठ्नु पर्ने आवस्यक्ता रहेको कुरा पनि पौडेलले बताए ।