राहत शिक्षक दक्षिण पुर्वी भेगिय समिती गठन
कपन अनलाइन
काठमाडौ,कार्तिक २५
नेपाल राहत शिक्षक समिती अन्तर्गत काठमाण्डौ जिल्लाको दक्षिण पुर्वि भेगिय भेला आज मङ्गलादिप माबी गौसालामा सम्पन्न भयो । भेलाले ९ सदस्यिस समिती समेत निर्माण गरेको छ ।
सो भेलाले तुलसादिबी पोखरेल अध्यक्षता मा उपाध्यक्षमा पुनिता कुमारी यादब ,सचिव गुनु थापा, कोषाध्यक्षमा गङ्गा बहादुर क्षेत्री सदस्यहरुमा बिनाकुमारी यादब, सरस्वती भट्टराई, ज्योस्सना खड्का, सुमित्रा सिग्देल र ऋचा उप्रेती रहने गरि समिति निर्माण गरेको छ ।
त्यस्तै सहसचिब र ५ जना सदस्य भेग, भुगोल र समानुपातिक सहभागिताको आधारमा कार्यसमितिले मनोनयन गर्ने आयोजकले बताए । काठमाण्डौको चार भेगिय समिती अन्तर्गत पोख्रेल पहिलो महिला अध्यक्ष समेत हुन् भने उनको समितिमा महिलाको बाहुल्यता पनि रहेको छ ।
यस भन्दा अगाडी उत्तर पुर्वी भेगिय समितिको अध्यक्षमा शंकर राज न्यौपाने, उत्तर पश्चिम भेगिय समितीको अध्यक्षमा प्रकाश अधिकारी र दक्षिण पश्चिम भेगिय समितिको अध्यक्षमा किरण नेपाली निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका केन्द्रीय संयोजक खेमराज अधिकारिले अब काठमाण्डौमा राहत शिक्षकको आन्दोलन सशक्त रुपमा अगाडी बढ्न तयार रहेको बताउदै अब मङ्सिर २ गते शनिबार जिल्ला अधिवेसन हुने समत भेलामा जानकारी दिए । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष खगेन्द्र पौडेलले सुरुका दिनमा राहत शिक्षक आन्दोलन अगाडी बढाउन धेरै चुनौती ब्यहिर्नु परेको अवगत गराउदै बिगतमा आन्दोलनकै बलमा राहत शिक्षकको धेरै मागहरु सम्वोधन गराउन सफल भएको कुरा बताए ।
सो भेलामा उत्तर पश्चिम भेगिय समितिका सचिव बासुप्रसाद अधिकारीले पनि राहत शिक्षक आन्दोलन र साङ्गठानिक महत्वको विषयमा बोलेका थिए भने उत्तर पश्चिम भेगिय समितिका सदस्य टिका सुवेदी, उत्तर पुर्वी भेगिय समिती अन्तर्गतका अगुवा ध्रुब दाहालको समेत उपस्थिती रहेको थियो । भेलामा दक्षिण पश्चिम भेगिय समितिका अध्यक्ष किरण नेपाली को अध्यक्षतामा भएको कार्यक्रमको सम्योजन उपत्यका समितिका संयोजक डम्बर राईले गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।