सुटिङमा नो स्मोकिङ

काठमाडौं । युवा निर्देशक सुमन दाहालको निर्देशनमा बन्न लागेको फिल्म नो स्मोकिङको सुटिङ मंगलबारबाट शुरु हुँदैछ । काठमाण्डौसहित सिन्धुपाल्चोक, दोलखालगायतका स्थानमा सुटिङ हुने यो फिल्ममा झरना थापा, संजय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश डिसी, दिनेश देवकोटा, अमृता पाण्डे लगायतको अभिनय रहनेछ ।
 1064
खैरावङग फिल्म प्रोडक्सन कम्पनी मार्फत निर्माण हुन लागेको यो फिल्मका निर्माता मुरारी पोखरेल हुन् । आधा दर्जन भन्दा बढि फिल्ममा सहायक निर्देशकको अनुभव संगालीसकेका दाहालले निर्देशन गरेको यो दोस्रो फिल्म हो । ‘फिल्मलाई म उत्कृष्ठ बनाउने सोचमा छु र त्यसै अनुसारको मेहनत पनि गरिरहेको छु ।’ निर्देशक दाहालले भने ।
निर्माता पोखरेलको कथालाई अनमोल शर्मा, सरोज प्याकुरेल र शंकर अधिकारी ‘घायल’ले सघाएका छन् । सामाजिक कथा समेटिएको फिल्ममा टंक बुढाथोकीको संगीत, दिव्य सुवेदीको छायांकन तथा हिमाल केसीको द्वन्दनिर्देशन रहनेछ ।
तपाइँको प्रतिक्रिया ।