बाढीले सदरमुकाम खलङ्गा जोखिममा ( फोटो फिचर )

लगातारको बर्षापछि महाकाली नदीमा आएको बाढीले दार्जुला सदरमुकाम खलङ्गा जोखिममा परेको छ । बाढीले सरकारी कार्यालय सहित दर्जानौ घर टहरा बगाएको छ भने नदी किनारका अन्य दर्जनौ घर जोखिममा परेका छन् ।
 खलंगामा अहिलेसम्म ४० भन्दा बढी घर बाढीले बगाईसकेको छ । बाढीले अहिलेसम्म अपिनाम्पा संरक्षण क्षेत्रको भवन, जिल्ला अस्पताल, शैक्षिक तालिम केन्द्र, जिल्ला बन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको शव गृह र ४ वटा मन्दिर सहित ४५ वटा घर टहरा बगाएको हो । बाढीले ब्रह्मदेव कालागाड खोला लघु जलबिद्युत आयोजनाको पावर हाउस पनि बाढीले बगाएको छ ।  बाढीले खुलामञ्चको आधा भन्दा बढी भाग बगाइसकेको छ भने जिल्ला प्रहरी कार्यालय, भूसंरक्षण कार्यालय र कवर्ड हल उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालयका तीन वटा ब्यारेक समेत खाली गराइएको छ ।
हेर्नुसदेवी सुवेदी    ले  दार्जुला सदरमुकाम खलङ्गा बाट  फेसबुकमा राखिएका तस्विर हरु
darchula+1 darchula2 d2
तपाइँको प्रतिक्रिया ।