काठमाडौ क्षेत्र नं ५ प्रदेस २ मा निर्वाचन प्रचारमा सक्रिय बन्दै रमेश खड्का

काठमाडौ क्षेत्र नं ५ प्रदेस २ मा निर्वाचन प्रचारमा सक्रिय बन्दै रमेश खड्का

कपन अनलाइन 

काठमाडौ,कार्तिक २० ।

काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ मा क्षेत्रीय सभापति रमेस खडका(काजी ) अहिले आफ्नो चुनावी अभियानमा छन ।बाँसबारी काठमाडौँका स्थानीय बासिन्दा खड्काले २०३७ को जनमत संग्रहमा सहभागी बन्दै  २०४२ सालको सत्याग्रहमा र २०४६ सालको आन्दोलनमा सक्रिय रहेर आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका थिए ।

२०४८ को आम निर्बाचनमा दमननाथ ढुंगानालाई जिताउन सक्रिय भूमिका खेलका खड्काले २०४९ को स्थानीय चुनाबमा बिनोद भट्टराईले निर्वाचन जित्दा महत्वपूर्ण जिम्मेवारी बहन गरेका थिए ।

नेपाली कांग्रेसको १३औ महाधिवेशनमा क्षेत्र् न ५ को सम्पूर्ण कार्य समितिलाई निर्बिरोध चयन गराउने कार्यको नेतृत्व गरेका उनले २०५१ सालको मध्यावधि चुनाबमा प्रकासमान सिंह को चुनाबी प्रचार प्रसारको मूल समितीमा बसेर काम गरेका थिए भने २०५४ को स्थानीय चुनाबमा पनि नवराज शर्मालाई वडा अध्यक्षमा  जिताउन सक्रिय भूमिका खेलेका थिए ।

खड्क संग २०५६ सालमा चिरन्जीवी निधि तिवारी को चुनाबी प्रचार प्रसार समितीमा र  २०६४ सालको पहिलो संबिधान सभाको चुनाबमा नरहरी आचार्यको चुनाबी प्रचारप्रसार समितीको मूल समितीमा रहेर काम गरेको अनुभव रहेको छ ।

नेपाली कांग्रेस को १२औ  महाधिवेशन मा पनि क्षेत्र नं ५ को क्षेत्रिय् सभापति निर्बाचित भएका उनले २०७० शालको निर्वाचनमा नरहरी आचार्यलाई विजयी बनाउने अभियानमा सक्रिय रहेका थिए ।

अहिले काठमाडौं क्षेत्र नं ५ प्रदेस क्षेत्र २ मा उम्मेदवार बनेका उनले सो क्षेत्रको भौगोलिक ,भौतिक र सांस्कृतिक विकासलाई मूल मुद्दा बनाएर निर्वाचन अभियानमा होमिएका छन ।

तपाइँको प्रतिक्रिया ।