निर्वाचनको परिणाम रोचक बन्ने संकेत

कपन अनलाइन 

१८ कात्तिक, महोत्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच निर्माण गर्ने भनिएको लोकतान्त्रिक गठबन्धन असफल भएपछि महोतरीमा मधेसवादी गठबन्धनका नेताले बागीको सामना गर्नुपर्ने भएको छ ।

२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गराएको राजपा नेपाल र फोरम नेपाल को मधेसवादी गठबन्धनविरुद्ध महोत्तरीमा एक दर्जन भन्दा बढी बागी नै बागी भएपछि चुनावी माहोल तातेको छ। कांग्रेस,राजपा नेपाल र फोरम नेपालका बीचमा लोकतान्त्रिक गठबन्धन निर्माण गरी चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने प्रयास भए पनि नेताहरू लोकतान्त्रिक गठबन्धन निर्माण गर्न असफल भएका हुन ।

सिट संख्यामा नेताहरूको आ–आफ्नै अडान भएपछि लोकतान्त्रिक गठबन्धनमा सहभागी नभई राजपा नेपाल र फोरम नेपालले मधेसवादी गठबन्धन निर्माण गरी उम्मेदवारी दर्ता गराएका हुन् । तर मधेसवादी गठबन्धनका नेताहरूविरुद्धमा समेत बागी उम्मेदवारी परेपछि निर्वाचनको परिणाम नै रोचक बन्ने भएको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले महोत्तरी–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन । तर ठाकुरविरुद्ध राजपा नेपालकै निवर्तमान सांसद चन्देश्वर झाले बागी उम्मेदवारी दिएका छन ।उनी ०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका थिए ।

केही समयअघि मात्रै उनी राजपा प्रवेश गरेका थिए । पार्टीले ‘टिकट’ नदिएपछि उनी स्वतन्त्र उम्मेदवार भएका हुन । प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि आठ सिट रहेको महोतरी क्षेत्र नंम्बर ४ बाट संघीय समाजवादी फोरम नेपालका डाक्टर सुरेन्द्र यादवको विरुद्ध राजपाका केन्द्रिय महासचिवले विद्रोह गरि स्वतन्त्रबाट देवेन्द्र कुमार यादवले उम्मेदवारी दिएका छन ।

प्रतिनिधि सभामा, प्रदेश सभमा राजपा नेपाली कांग्रेस र नेकपा (एमाले)तथा माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने आंकलन भईरहेको छ।  दुवैका तर्फबट हेभिबेट उम्मेदवार चुनावी मैदानमा छन । जिल्लामा  विभिन्न १० राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभामा मनोनयन दर्ता गराएका छन् । राजपा,नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम लगायतका दलले उम्मेदवारी दिएका  छन ।

प्रतिनिधिसभामा ७४ जना र प्रदेशसभामा १ सय ४९ जना गरी जम्मा २ सय २३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।पहिले ६ वटा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा यस पालि चार निर्वाचन क्षेत्र कायम गरिएको हो । आउँदो प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा एकलाख ६९ हजार ८ सय ९८ पुरुष तथा एकलाख ४७ हजार ७ सय ९३ महिला तथा एक तेस्रो लिंङ्गी गरि कुल तिन लाख १७ हजार ६ सय ९२ मतदाताले मतदान गर्ने पाउने निर्वाचन आयोगको कार्यालय जलेश्वरले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।