मन्त्रिपरिषद्को बैठक सकियो : राष्ट्रपतिको भ्रमण दलमा १० जना

काठमाडौं, २ असार/ नेपाल बन्दको बावजुत पनि आज  राष्ट्रपति डा. रामवरण यादवलाई उपचारका लागि जापान पठाउने विषयमा छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न सम्पन्न मन्त्रिपरिषद्को बैठकले उपचारार्थ जापान जान लागेका राष्ट्रपति डा.रामवरण यादवको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । राष्ट्रपतिको भ्रमण दलमा १० जनाको सहभागिता रहने र तिनको आवत–जावतसहितको रकम पनि सरकारी कोषबाट भुक्तानी गर्ने निर्णय भएको मन्त्रिपरिषद्स्रोतले जनाएको छ ।
राष्ट्रपतिको विदेश भ्रमण सरकारले अनुमोदन गर्नुपर्ने भएकाले बैठक बसेको मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीका सल्लाहकारले बताएका छन् । रेग्मीले आज बिहानै राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

आन्द्रामा समस्या देखिएपछि राष्ट्रपति डाक्टर यादवको हिजो राजधानीको ग्रीनल्यान्डस्थित ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो ।

स्वास्थ्य परिक्षणपछि चिकित्सकले राष्ट्रपतिलाई उपचारका लागि अमेरिण्का वा जापान जान सुझाव दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।