काठमाडौ क्षेत्र नं ५ मा धेरै काम गरेको डा. प्रकाश शरण महतको दावी

कपन अनलाइन 

काठमाडौ,कार्तिक १५ ।

नेपाली कांग्रेसका नेता एंव क्षेत्र नं. ५ का उम्मेदवार डा.प्रकाशशरण महतले काठमाडौं क्षेत्र नं ५ को विकासमा नेपाली कांग्रेसले धेरै काम गरेको बताएका छन ।

बिगतमा भएका २ वटा संविधान सभाको निर्वाचनमा विजयी बने पश्चात यस क्षेत्रको विकासमा धेरै काम गर्नुका साथै यस क्षेत्रको धार्मिक ,सांस्कृतिक र सामाजिक विकासमा योगदान दिएको उनले बताए ।

उनेल नेपाली कांग्रेस धार्मिक सहअस्थीत्वलाई सम्मान गर्दै धार्मिक एंव पुरातात्वीक सम्पदाहरुको विकासलाई उच्च महत्वका साथ काम गर्ने बताएका छन्।

ठुलो एकादशीको अवसरमा बुढानिलकण्ठ मन्दिर परिसरमा आयोजित महायज्ञ सप्ताह कार्यक्रममा सम्बोधन  गर्दै डा. महतले पवित्र बुढानिलकण्ठ क्षेत्रको विकासका लागि आफु क्रियाशिल रहने प्रतिबद्धता समेत व्यक्त गरे।  कार्यक्रममा महायज्ञमा आर्थिक सहयोग गर्ने दाताहरुलाई डा.महतले सम्मान गरेका थिए।

तपाइँको प्रतिक्रिया ।