धोबीखोला करिडोर मर्मत गरिदै ,चाडै यातायात सुचारु हुने

कपन अनलाइन

काठमाडौँ ,कार्तिक १५ ।

धोबीखोला करिडोरको काम शिघ्र सम्पन्न गराउन शहरी बिकास मन्त्रालयका सचिबका साथमा सम्बन्धित निकाय संग क्षेत्र नं ४ का सांसदले गत कार्तिक १२ गते बैठक बसेर पहल गरेका छन।

उक्त बैठक बाट करिडोरमा ढल हालिसकेको खण्ड सेतो पुल देखि गोपीकृष्ण सम्म कालोपत्रेको कार्य अघि बढाउने  र एक महिना भित्र गोपीकृष्ण देखि माथीको खण्डमा ग्रेडर लगाई मोटर हिड्न मिल्ने बनाउने निर्णय भएको थियो ।

सो बैठक बाट पीआइडीले निर्माण गरेका संरचनामा ढल र खानेपानीको पाइप एकै स्थानमा परेकोले तिनीहरुलाई छुट्याउने बिषयको टुंगो समेत लागेको छ ।

यस वारेमा बुझ्दा जनताको अपेक्षा अनुरुप काम हुन नसकेको र  आफु त्यसमा सधै प्रयासरत रहेको र काम गर्ने तरिकानै फेर्नु पर्ने भन्नेमा सबै एकमत रहेको एक स्थानीयले बताए । कार्तिक १२ गते बसेको बैठक पछीकार्तिक १४ गते बाट काम सुरु भएको र  संयुक्त बसपार्क सम्म अब केहि दिनमा कम्तिमा मोटर गुडने उनले बताए ।

यस क्षेत्रको बाटोको सम्बन्धमा निकै जन गुनासो बढे पछी सांसद र जनप्रतिनिधिहरुले चासो लिएर पहल सुरु गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।