तेश्रो पटक संसदीय राजनीतिको परिक्षामा ईश्वर पोखरेल

तेश्रो पटक संसदीय राजनीतिको परिक्षामा ईश्वर पोखरेल

कपन अनलाइन 

काठमाडौ,कार्तिक १५/विचार /पुन्यराज पुडासैनी

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल तेश्रो पटक काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन । यस भन्दा अगाडी भएका संविधान सभा निर्वाचनमा दुइ पटक पराजित भएका पोखेरेललाई यस पटक को निर्वाचन जित्नु पर्ने बाध्यता र आवस्यकता रहेको छ । नेकपा एमालेको २ पटक महासचिवमा निर्वाचित बनेका पोखरेल अहिले रास्ट्रिय राजनीतिको निर्णायक स्थानमा रहेका छन जस कारणले पनि उनले यो निर्वाचन जित्नै पर्ने अवस्थामा रहेका छन ।

पार्टीको आन्तरिक संगठनको केन्द्र भागमा रहेका उनलाई संसदीय राजनीतिको महत्वपूर्ण स्थानमा पुग्नु पर्ने बाध्यकारी अवस्था अहिले रहेको छ । संसदीय राजनीतिमा भएको लगातारको पराजयले उनलाई असर पारेको छ जसले गर्दा उनले संसदीय राजनीतिमा प्रभावकारी भूमिका खेल्न सकिरहेका छैनन ।

यस पटकको निर्वाचन उनको संसदीय राजनीतिको उकालो यात्रामा निर्णायक बन्ने देखिन्छ जसले गर्दा उनले यसलाई निर्णायक राजनीतिक घटना क्रम बनाएको उनका पछिल्लो गतिविधिले देखाउछ ।अहिले उनि रास्ट्रिय राजनीतिको व्यस्त तालिका बाट समय निकालेर स्थानीय स्तरमा हुने हरेक कार्यक्रममा सक्रियता पुर्वक सहभागिता जनाई रहेका छन ।

यस निर्वाचनमा आउने परिणामले उप प्रधानमन्त्री बनिसकेका पोखरेलको त्यस भन्दा माथिको राजनीतिक यात्रा लाई निर्धारण गर्ने हुनाले पनि अहिले काठमाडौं क्षेत्र नं ५ महत्वपूर्ण बनेको छ । उनि अहिले त्यस क्षेत्रमा रास्ट्रिय र स्थानीय दुवै मुद्दाहरु बिकर जनताको घर दैलोमा पुगेका छन । बिगतमा उनले खेपेका आरोप र दोष हारको वारेमा जनता समक्ष स्पस्टिकरण दिदै आगामी दिनका योजनाहरु बताइरहेका छन ।

राजनीतिको निर्मम परिणाम र नियतिको मार राम्रो संग भोगेका उनले त्यसको महसुस गरेको बताउदै अवको राजनीति क्षेत्रको विकास र जनसरोकार केन्द्र विन्दुमा राखेको धारणा आफ्ना चुनावी सभाहरुमा बताउदै आएका छन ।

नेपालका १६५ प्रतिनिधि सभा क्षेत्र मध्ये काठमाडौं क्षेत्र नं ५ नेकपा एमाले र यस पार्टीका महासचिवका लागि निकै महत्वपूर्ण र आगतको राजनीतिका लागि अर्थपूर्ण बनेको छ । यदि यस पटक पोखरेल सफल बन्न सकेनन भने उनको संसदीय राजनीतिक यात्रामा ब्याक  गियर लाग्ने निश्चित छ। त्यसैले पनि यो कठिन राजनीतिक र संसदीय प्रतिस्पर्धामा उनले सफल हुनु पर्ने बाध्यता र आवस्यकता रहेको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश शरण महत संग निर्वाचनको मैदानमा उत्रिएका पोखरेलको आगामी संसदीय राजनीतिक यात्राको फैसला सुखद हुने वा दुखद हुने त्यो मंग्सिर महिनाको अन्तिम साता प्रस्ट हुनेछ ।

तपाइँको प्रतिक्रिया ।