स्थानीय तहको परिणाम हेरेर ढुक्क नहुनुस : डा. राजन भट्टराई

स्थानीय तहको परिणाम हेरेर ढुक्क नहुनुस : डा. राजन भट्टराई

कपन अनलाइन 

काठमाडौ,कार्तिक १३ ।

काठमाडौं क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फ बाट प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा . राजन भट्टराईले आज बुढानिलकण्ठ नगरपालिका वडा नं १० को ज्योतिनगरमा भएको एक कार्यक्रममा सम्बोधन गरेका छन।

उनले सो कार्यक्रममा आसन्न निर्वाचनमा स्थानीय नेता तथा कार्यकर्ता संगै जनताले पनि सकारात्मक रुपमा भूमिका खेल्नु पर्ने बताएका थिए ।उनले अवको समय नेपालको लागि  महत्वपूर्ण  रहेको र यसमा सबैले आफ्नो  स्थान बाट सकारात्मक भूमिका खेल्नु पर्ने बताएका थिए ।

उनले स्थानीय तहको निर्वाचनमा आएको मत परिणामको आधारमा ढुक्क बनेर नबस्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । जनताको मत र मन सधै परिवर्तनशील हुने भएकोले त्यस तर्फ सचेत रहन आग्रह गरेका थिए ।

सो छलफल कार्यक्रममा प्रदेस ख का आकांक्षीहरु कुसुम कुमार कार्की ,मिठाराम अधिकारी ,बुनपा १० का अध्यक्ष नवराज भट्टराई,वडा सदस्य चन्द्रमान श्रेष्ठ,नेकपा एमाले बुनपा १० का अध्यक्ष जगत प्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।